गर्भवती पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार
गल्छी गाउँपालिका–६ महेशदोभानमा अस्थायी बसोबास गर्ने ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको आरोपमा पीडित पक्षले भारत दार्जलिङ घर भएका ४९ वर्षीय प्रकाश मगरविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा साउन २२ गते कर्तव्य ज्यानसम्बन्धी उजुरी दिएको छ ।
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–२ माइती भएकी निशा र प्रकाश गल्छी गाउँपालिका–६ बैरेनी महेशदोभान क्षेत्रमा मजदुरी गरी अस्थायी बसोबास गर्ने गरेको प्रहरीले जनायो ।
निशा गर्भवती भएको र पेटमा भएको बच्चा अर्कैको भएको आरोपमा पटकपटक कुटपिट गर्दै आएका प्रकाश मगरले साउन १८ गते कुटपिट गर्दा मृत्यु भएको थियो ।
पटकपटक कुटपिट गर्ने र यसलाई मार्छु भन्ने गरेका आरोपितले केही समय ढुङ्गानाटारमा मजदुरी गरेर बस्दै आएको र घटना भएको राति महेशदोभानमा आएर पत्नीको हत्या गरेको छिमेकीहरूले आरोप लगाए ।
शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौँ पठाएको छ । आरोपितलाई प्रहरीले साउन २० गते बेलुका गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ…
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…