गर्भवतीहरु घरमै बच्चा जन्माउन बाध्य
महाकाली नगरपालिका–६ मा बर्थिङ् सेन्टर (प्रसूती सेवा) नहुँदा गर्भवतीहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् । प्रसूती सेवा नपाउँदा गत आर्थिक वर्ष ०७९ / ०८० मा ६ जना महिलाले घरमै बच्चा जन्माएका हुन् ।
वडामा स्वास्थ्य चौकी नहुँदा यहाँका अधिकांश गर्भवतीले ज्यान जोखिम राखेर घरमै बच्चा जन्माउने गरेका छन् । सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिकाको सबै भन्दा विकट बस्ती रहेका निशिल पौनेखोलाका नागरिकलाई अहिले पनि स्वास्थ्य सेवाबाट वञ्चित हुनु पर्ने अवस्था आएको स्थानीय महेश भट्टले बताउनु भयो ।
‘ गर्भवतीहरुको ज्यान जोखिममा पर्ने सम्भावन अत्याधिक छ । सडक सुविधा छैन् । तीन घण्टा हिडेर मात्रै सडकमा पुगिन्छ । गर्भवती महिलाले यति लामो बाटोमा हिडेर कसरी जिल्ला अस्पताल आउन सक्छन्,’ भट्टले भन्नु भयो, ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा नगरपालिका गम्भीर हुनुपर्छ ।’ ६ जना महिलाको ज्यानमा केही भइदिएको भए को जिम्मेवार हुन्थ्यो ? ।
वडा नम्बर ६ मात्र नभई महाकाली नगरपालिकाको थाप्ला, मुल्ला, मैखोलीलगायतका बस्तीका नागरिककोस्वास्थ्य सेवा सहज पहुँच नहुँदा यस क्षेत्रका स्थानीयहरुलाई समस्या भएको छ । सामान्य बिरामी हुँदा पनि सदरमुकाम धाउन निकै जटिल हुन्छ । बर्खाको बेला सडक अवरुद्ध हुने गरेका छन् । गर्भवती महिलालाई समयमै अस्पताल पुग्न सकिने अवस्था छैन्, स्थानीय पार्वती पालले भन्नु भयो, हाम्रो समस्याबारे कसले बुझिदिने ? अहिलेसम्म भगवान भरोसा हामीहरुको ज्यान जोगिएको छ । अहिलेको समयमा पनि घरमै सुत्केरी गराउनु यो भन्दा ठूलो समस्या के हुन सक्छ ? उहाँको भनाइ छ ।
नगरपालिकाले होम डेलभरी शून्य स्थानीय तह घोषणा गर्ने लक्ष्य लिएको भए पनि अझै यहाँका अधिकांश वडा तहमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर नहुँदा समस्या भएको महाकाली नगरपालिका स्वास्थ्य संयोजक जयबहादुर फर्सवानले बतानउ भयो ।
नगरपालिकाभित्र नौ ओटा वडा रहेका छन् । साविकका धाप, दत्तु, खलंगा, काटै र छापरीमा मात्रै स्वास्थ्य चौकी र बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । त्योवाहेक नगरपालिकाले पाँच ओटा शहरी स्वास्थ्य इकार्ई र तीन ओटा आधारभूत स्वास्थ्य इकाई स्थापना गरेको छ । नगरपालिकाले किम्तडी, कौतली, थाप्ला, मैखोली, र पौन्याखोलामा शहरी स्वास्थ्य इकाई स्थापना गरेको छ । बंगाबगड, धौकोट र निशिलमा आधारभूत स्वास्थ्य इकाई स्थापना छ ।
तर, शहरी तथा आधारभूत स्वास्थ्य इकार्ईमा प्रसूती गराउन दक्ष जनशक्ति नहुँदा समस्या भएको फर्सवानको भनाइ छ । हामीसँग स्वास्थ्य चौकीमा मात्रै एसबीए तालिम प्राप्त जनशक्ति छ, उहाँले भन्नु भयो, आधारभूत र शहरी स्वास्थ्य इकाईमा अहिले एक जना अहेव, अनमी र कार्यालय सहयोगी राखिएका छन् । तालिम प्राप्त जनशक्ति अभावले सबै ठाउँमा सुरक्षित प्रसूती गराउन सकिएको छैन् फर्सवानले भन्नु भयो ।
महाकाली नगरपालिकाका प्रमुख नरसिह चैसिरले नगरपालिका भित्र नगरको छुट्टै अस्पताल निर्माणको लागि योजना बनिरहेको र स्थानीयहरुको स्वस्थ्यमा सहज पुहँच पुगाउने उद्धेश्यले काम भइरहेको बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…