गर्भपतन गराएको घटनामा फैसला सुनाइएका आरोपित गिरफ्तार

  ०७८ वैशाख ९ गते

सुरुङगा नपा–६ की ३५ वर्षीया पूर्णीदेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा फरार रहेका सोही ठाउँका ६५ वर्षीय फेकु रामलाई प्रहरीले वैशाख ७ गते गिरफ्तार गरेको छ ।

गाउँघरमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

सप्तरी जिल्ला अदालतमा उपस्थित गराएर आरोपित रामलाई कैद भुक्तानका लागि राजविराज कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।

आरोपित फेकु, फेकुका २४ वर्षीय छोरा देवकुमार राम र २२ वर्षीय फुलचन खत्वे मण्डलले ०७२ चैत १० गते कुटपिट गरेकाले चैत १२ गते पीडितको १६ हप्ताको गर्भपतन भएको आरोपमा जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ०७३ चैत १६ गते अभियोग दावी पुग्ने फैसला गर्दै १ वर्ष १ महिना कैद ठहर गरेको थियो ।

पीडितका ४० वर्षीय पति रामचन्द्र भनिने रामबाबु यादवले आरोपितहरूविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा ०७२ चैत १३ गते उजुरी दिनु भएको थियो ।

प्रहरीले ०७२ चैत १३ गते गर्भपतन मुद्दा दर्ता गरी फेकु रामलाई सोही दिन गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०७३ वैशाख २७ गते अभियोग पत्र दायर भएकोमा अदालतले आरोपित फेकुलाई पुपक्र्षका लागि धरौटीमा रिहा गरेको थियो भने फरार रहेका दुई जनाको हकमा म्यादी पुर्जी जारी गरेको थियो ।


मनोहरकुमार पोखरेल