गरुडा नगरपालिकामा प्रर्दशनकारी र प्रहरीबिच झडप
गएको स्थानीय तहमा गरुडा नगरपालिकामा लोकतान्त्रिक समाजपादी पार्टी (लेसपा) का तर्फबाट प्रत्यासी नगर प्रमुखका उम्मेद्वार दिपक यादव नेतृत्वको समूहले नगरपालिकामा ढुङ्गामुढा गरेपछि प्रहरीले रोक्न खोज्दा चैत २९ गते झडप भएको छ ।
गरुडा नगरपालिका कार्यालयले चैत ३० गते गर्न लागेको सार्वजनिक सुनुवाइ रोक्न नमानेपछि यादव नेतृत्वको समूहले त्यसको विरोधमा नगरपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
पछिल्लो समय विभिन्न समयमा आन्दोलन गर्दै आएका स्थानीय दिपक यादवले चैत २९ गते गाउँलेहरूलाई उचालेर नगरपालिकाको कार्यालय तथा गाडीमा तोडफोड गर्न खोज्दा बल प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ ।
तोडफोड गर्नबाट दिपक यादवको समूहलाई प्रहरीले रोकेपछि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेर टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा क्षति पु¥याउन सुरु गरेको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले बताउनु भयो ।
प्रर्दशनकारीको ढुङ्गामुढाबाट इन्स्पेक्टर बिरेन्द्र पासवानसहित चार जना प्रहरी घाइते भएको एसपी मगरले जानकारी दिनु भयो । प्रदर्शन उग्र बन्दै गएपछि भिडलाई नियन्त्रणमा लिन चार राउण्ड टियर ग्याँस प्रहार गरेपनि भिडलाई नियन्त्रणमा लिन नसकेको र ११ राउण्ड गोली हावाइफायर गरेको एसपी मगरको भनाई थियो ।
झडपका क्रममा प्रहरीको गोली लागेर गरुडा नगरपालिका–५ का २२ वर्षीय गजेन्द्र यादव घाइते भएका छन् । घाइते यादवलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएको छ । नगरपालिका कार्यालयमा ढुङ्गामुढा तथा विरोध प्रदर्शन गराउने दिपक यादव सहित चार जनालाई प्रहरीले चैत २९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
इन्सेक मधेस प्रदेश
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…