गरिब परिवार परिचयपत्र वितरण सुरू
जिल्लामा गरिब परिवारलाई सूचीकृत परिचयपत्र वितरण सुरूआत गरिएको छ ।
जिल्लामा सूचीकृत भएका ३ हजार ७ सय २३ घरधुरी परिवारलाई वर्गीकरण गरी परिचयपत्र वितरण सुरूआत गरिएको हो ।
सात ओटा स्थानीय तह रहेको जिल्लामा अति गरिब, मध्यम गरीब र सामान्य गरीब गरी ३ हजार ७ सय २३ घरधुरी गरिब परिवारमा सूचीकृत भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब परिवार सूचीकृतपुस्तिका अनुसार अति गरिब ९ सय २५, मध्यम गरिब १ हजार ४ सय ८४ र सामान्य गरिब १ हजार २ सय ६४ घरधुरी रहेका छन् ।
ती परिवारलाई गरीब परिचयपत्र वितरण सुरूआत गरिएको छ । हरेक परिचयपत्रको रङ्ग बेग्लाबेग्लै छ ।
अति गरिब परिचयपत्रको रङ्ग रातो, मध्यम गरिब परिचयपत्रको रङ्ग पहेलो र सामान्य गरिब परिचयपत्रको रङ्ग निलो रहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ।
मन्त्रालयले प्रकाशन गरेको गरिब परिवार सूचिकृत पुस्तिका अनुसार जिल्लाको स्थानीय तह अनुसार सबैभन्दा धनकुटा नगरपालिकामा ८ सय ७५ गरिब परिवार छन् । जसमा अति गरिब २ सय ४९, मध्यम गरिब ३ सय २३ र सामान्य गरिब ३ सय ३ घरधुरी रहेका छन् ।
पाख्रिवास नगरपालिकामा अति गरिब २ सय ५०, मध्यम गरिब २ सय ९१, सामान्य गरिब २ सय ५१ गरी ७ सय ९२ जना गरिब परिवारमा सूचीकृत रहेको पुस्तकमा उल्लेख छ । महालक्ष्मी नगरपालिकामा १ सय ७ अति गरिब, २ सय ३४ मध्यम गरिब, २ सय ७ सामान्य गरिब गरी कुल ५ सय ४८, छथरजोरपाटी गाउँपालिकाको कुल २ सय ४५ मध्ये २६ अति गरिब, ९५ मध्यम गरिब र १ सय २४ सामान्य गरिबमा सूचीकृत छन् ।
सहिदभूमि गाउँपालिकामा ६ सय २१ मध्ये २ सय १० अति गरिब, २ सय ५४ मध्यम गरिब र १ सय ५७ जना सामान्य गरिबमा, चौविसे गाउँपालिकामा ६६ अति गरिब, १ सय २५ मध्यम गरिब र ८६ सामान्य गरिबमा गरि २ सय ७७ घरधुरी रहेका छन् ।
साँगुरीगढी गाउँपालिकामा कुल ३ सय ६५ मध्ये अति गरिब ६७, मध्यम गरिब १ य ६२ र सामान्य गरिब १ सय ३६ छन ।
गरिब परिवालाई वितरण सुरू गरिएको परिचयपत्रको समयवधि ५ वर्षको रहेको छ । तर, परिचयपत्र पाएकाहरुले सरकारबाट पाउने सुविधा के हुने भन्ने जानकारी छैन ।
साँगुरीगढी गाउँपालिका–७ का ५९ वर्षीय सन्तमान राईले परिचय पत्र पाएपछि सरकारले सेवा सुविधा उपलब्ध गराउने अपेक्षा रहेको बताउनु भयो । उहाँले अहिलेसम्म यसको विषयमा केही जानकारी नभएको भन्दै पछि काम लाग्छ सुरक्षित राख्नुभन्दै दिएको बताउनु भयो । सोही ठाउँकी ४३ वर्षीया थामबहादुर राईले गरिबी परिचयपत्र दिएसँगै यसको उपयोगिताको विषयमा जानकारी हुनुपर्ने बताउनु भयो ।
घर परिवारको विवरणसहित परिचयपत्र वितरणका लागि जिल्लाका सात ओटै स्थानीय तहमा हस्तान्तरण भइसकेको जिल्ला समन्वय समिति समन्वय अधिकारी सफल पोर्तेलले जानकारी दिनुभयो ।
नेपालको २६ जिल्लामा वितरण गर्न लागिएको परिचय पत्र धनकुटामा वितरण सुरू गरिएको हो । २०७४ सालमा सङ्गलित तथ्याङ्कको आधारमा परिचयपत्र वितरण सुरु गरिएको जिल्ला समन्वय अधिकारी पोर्तेलको भनाइ छ ।
तर, साँगुरीगढी गाउँपालिका बाहेक अन्य स्थानीय तहले उक्त परिचयपत्र वितरण सुरू गरेका छैनन् । अन्य स्थानीय तहले पनि तत्काल वितरण थाल्ने जानकारी दिइएको पोर्तेलको भनाइ छ ।
गरिबीका कारण नागरिकले खान नपाउने, उपचार गर्न नपाउने जस्ता मानव अधिकारका आधारभूत अधिकारसमेत प्राप्त हुन नसक्ने अवस्थामा परिचयपत्र वितरणसँगै आधारभूत सेवासुविधा उपलब्ध गराउनुपर्ने पत्रकार महासङ्घ धनकुटाका सचिव हरिबहादुर लम्जेलले बताउनु भयो ।
राज्यका हरेक अङ्गहरूले गरिबको अवस्था अनुसारको कार्यक्रम लागु गरी उनीहरुको अवस्था माथि उठाउन कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।
२०६८ को जनगणना अनुसार जिल्लामा १ लाख ६३ हजार ४ सय १२ जनसङ्ख्या रहेको छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…