गरिबीका कारण आमा बावु मजदुरीमा, नाबालक खोरमा

  ०७३ पुस १५ गते

कुश्मा नपा-७ का चार वर्षीय विश्वास विक एकवर्षदेखि दिनभरी दाम्लोमा बाँधिएर बस्न बाध्य छन् । गरिबीका कारण छोरालाई खोरमा हालेर दाम्लोले बाँधी बावु आमा दुवै जना मजदुरीमा जाने गरेको पीडित बालिकाले बताइन् ।

कुश्मास्थित होटल सन्तोषमा काम गर्दै आएकी बालककी आमा अस्मिता विकले बच्चाले होटलमा काम गर्दा अल्झाउने भएकोले खोरमा डोरीले बाँधेर राख्ने गरेको बताएकी छन् । बालककी आमा अस्मिता विक भन्छिन्-"छाड्यो भने हिँडेको हिँड्यै गर्छ । त्यही भएर डोरीले बाँधेर राखेकी हुँ ।" उनका पति यातायातको क्षेत्रमा मजदुरी गर्छन् ।

महिनाभरी काम गरे बापत होटल मलिकले मासिक ५ हजार रुपियाँ तलब र खान दिने गरेको बालककी आमा अस्मिता विकले बताइन् । चार वर्ष उमेर पुगिसकेका विश्वास राम्रोसँग बोल्न सक्दैनन् ।

महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख तारा सुनुवारले घटनाको बारेमा आफूले स्थलगत अध्ययन गरी जानकारी लिइसकेकोले बालकका बाबु र आमासँग सल्लाह गरेर उपयुक्त विकल्पको खोजी गरिने बताएकी छन् ।


किशोर सापकोटा