गम्भीर प्रकृतिका घटनामा माफी दिन मिल्दैनः आयोग
सत्यनिरूपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा माफी दिन नमिल्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।
आयोगका पदाधिकारीले साउन ३१ गते प्रधानमन्त्री दाहाललाई भेटेर हत्या, अपहरण, बलात्कार जस्ता गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा माफी दिन नमिल्ने बताएको आयोगका अध्यक्ष सुर्यकिरण गुरूङले सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।
अध्यक्ष गुरूङका अनुसार प्रधानमन्त्री दाहालले द्वन्द्वकालका सबै घटनामा आममाफी दिनुपर्ने पक्षमा आफू पनि नरहेको बताएका छन् । भेटमा आयोग पदाधिकारीले कानुनले व्यवस्था गरे बमोजिम उजुरीहरूको अनुसन्धानका लागि विज्ञ र विशेषज्ञहरूलाई करारमा नियुक्त गर्न र सोही बमोजिम बजेटको व्यवस्था गर्नसमेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
आयोग अध्यक्ष गुरूङले बजेट अभावको कारण विज्ञ र विशेषज्ञ नियुक्त गर्न नसक्दा उजुरीहरूको छानबिन प्रभावित भएको बताएका छन् । आयोगमा ५३ हजारभन्दा बढी द्वन्द्वकालीन घटनाका उजुरी परेको आयोगले जनाएको छ ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…