गण्डकीमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ सय २५ जना पीडित
गण्डकी प्रदेशमा सन् २०२३ जनवरी देखी मार्चसम्ममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ सय २५ जना पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) गण्डकी प्रदेशको ११ जिल्लामा गरेको अभिलेख बाट उक्त प्रतिवेदन आएको हो ।
अभिलेखित घटना अनुसार अन्यपक्षबाट १४ पुरुष र १ सय ११ जना महिला गरी १ सय २५ जना पीडित भएका छन् ।
त्यस्तै पाँच महिला र दुई जना पुरुष गरी सात जनाको हत्या भयो । यस अवधिमा सबैभन्दा बढी महिलाविरूद्ध हुने हिंसाका घटनामा ७७ जना महिला पीडित भए ।
२०२३ को पहिलो त्रैमासिकमा जातिय विभेदका घटनाबाट एक जना महिला र तीन जना पुरुष गरि जम्मा चार जना पीडित भए ।
अन्यपक्षबाट कुटपिटका घटनामा तीन र घाइतेमा दुई जना पुरुष पीडित भए । अन्य पक्षबाट दुई जना पुरुष अमानविय व्यवहारबाट पीडित भएका छन् ।
इन्सेकको अभिलेख अनुसार पहिलो त्रैमासिकको अवधिमा गण्डकी प्रदेशमा बालबालिकाविरूद्ध भएका हिंसाका घटनामा ३० जना बालबालिका पीडित भए ।
यो अवधिमा बलात्कार घटनाबाट १६ जना बालिका र यौन दुर्व्यवहार घटनाबाट १० जना बालिका र एक जना बालक पीडित भए ।
त्यसैगरी विद्यालयमा दिइएको शारीरिक दण्ड सजायबाट एक जना बालिका र एक जना बालक पीडित भए ।
दुई जना बालकहरू जंगलमा खेल्न जादा बेवारिसे बम भेट्टाएर खेलाउदा विस्फोट भई घाइते भएका छन् ।
यस वर्ष पहिलो त्रैमासिकमा महिला हिंसा तथा दुर्व्यवहारका घटनामा ७७ जना पीडित भए । अभिलेखित घटना अनुसार यो अवधिमा बलात्कार घटनामा ६, यौन दुर्व्यवहार घटनामा एक जना पीडित भए । त्यसैगरी घरेलु हिंसाबाट ७० जना महिला पीडित भए ।
महिलाविरूद्धको हिंसामा घरेलु तथा पारिवारिक हिंसा प्रमुख छन् । घरपरिवारसँगै नजिकका आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास, शिक्षकबाट यौन दुर्व्यवहार जस्ता घटना भएको इन्सेकमा अभिलेख छ ।
यस त्रैमासिकमा नागरिकहरू जातिय विभेद, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबाट वञ्चित भएका छन् ।
गण्डकी प्रदेशमा जातिय विभेदका घटना विगतका तुलनामा बढेको पाइन्छ । कास्की जिल्लामा सबैभन्दा धेरै जातिय विभेदको घटना सरोकारवाला निकायका व्यक्तिव्यबाटै भएको यस त्रैमासिकमा अभिलेख भएको छ । वडा अध्यक्ष तथा सदस्य जस्ता जिम्मेवार निकायका व्यक्तिव्यबाट गरिएका जातिय विभेद निन्दनिय छ ।
देश विकासको गतिमा अगाडि बढ्दै गर्दा समाजमा अझैपनि महिला तथा बालबालिको अवस्था उस्तै छ । महिला तथा बालबालिका आफन्तजनबाटै सुरक्षित नभएको तथ्याङ्बाट अनुमान गर्न सकिन्छ ।
जिल्लागत रुपमा हेर्दा बागलुङमा सबैभन्दा धेरै महिला तथा बालबालिका विरुद्धको घटना अभिलेख भएका छन् । जसमा परिवारजनबाट महिला तथा बालबालिको हत्या र बलात्कारका घटना प्रमुख छन् ।
त्यसैगरि कास्की र तनहुँमा पनि महिला तथा बालबालिका विरूद्ध हुने यौनजन्य तथा घरेलु हिंसाका घटना बढी छन् ।
अन्य जिल्लाको तुलनामा हिमाली जिल्ला मुस्ताङ र मनाङमा भने यस पहिलो त्रैमासिकमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू अभिलेख भएको छैन् ।
इन्सेक गण्डकी प्रदेशले हरेक तीन/तीन महिनामा समग्र मानव अधिकारको अवस्थालाई विश्लेषण गर्दै मानव अधिकार स्थिति सूचक प्रकाशन गर्दै आएको छ ।
स्थिति सूचक हेर्नको लागि यहा क्लिक गर्नुहोस्
इन्सेक गण्डकी प्रदेश कार्यालय
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…