गणतन्त्र सत्तामा मात्र आयो नागरिकसम्म पुगेनः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मुलुकको सत्तामा गणतन्त्र आएपनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताएका छन् ।
जागरण नेपालले सुनसरीको सदरमुकाम इनरुवामा भदौ ६ गते आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले राज्यले दायित्व पूरा गर्न नसकेकाले नागरिकले गणतन्त्र आएको अनुभूति गर्न नपाएको बताएका हुन् । संविधानले दिएका अधिकार नागरिकले प्राप्त गर्न नसकेको भन्दै उनले नागरिकको स्तरबाट उठेको चेतना र केन्द्रबाट दिइने सन्देश साझा नहुञ्जेलसम्म नागरिकका अधिकार कागजमा मात्र सीमित हुने बताए ।
उनले समाज विकासको क्रममा कुनै पनि सिद्धान्त लागु नहुने बताए । समाज विकासको गतिमा अगाडि बढेको र राज्यले त्यस अनुसारको प्रत्याभूति गर्न नसकेको भन्दै नागरिको तर्फबाट सधैं अधिकारका लागि लडनु पर्ने अवस्था रहेको उनको भनाइ थियो । सरकार र गैरसरकारी संस्थाहरूको साझा एजेण्डा भएमात्र नागरिकका अधिकारहरू चाँडै स्थापित हुने उनले बताए ।
कार्यक्रममा जागरण नेपालकी अध्यक्ष शर्मिला कार्कीलगायतले सुनसरीको मानव अधिकार र महिला समावेशीकरण र राजनीतिमा महिलाको सहभागिताका बारेमा छलफल गरेका थिए ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु…