गठवन्धनका कार्यकर्ताले कुटपिट गरेको एमालेको आरोप
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३१ वर्षीय पूर्णबहादुर राईलाई गठवन्धनका कार्यकर्ताले चुनावको लिएरलाई लिएर मरणासन्न हुने गरी जेठ ११ गते कुटपिट गरेको नेकपा एमाले जिल्ला कमिटि खोटाङले विज्ञप्ति जारी गरी जनाएको छ ।
नेकपा एमाले खोटाङ जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दङ्गालद्धारा जेठ १२ गते जारी गरिएको विज्ञप्तिमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा कमिटि सदस्यमाथि कुटपिट घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
जारी विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टङ्क राई, अम्बिका राई,धनीराम राई,पदमा विक र विवेक राईले पूर्णबहादुर राईलाई मरणासन्न हुने गरी कुटपिट गरेको उल्लेख छ ।
विज्ञप्तिमा घटना योजनावद्द र सुनियोजित भएकाले घटनाको छानबिन गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।
यसअघि गठवन्धनका नेता दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ५४ वर्षीय टङ्कबहादुर राईलाई एमालेका कार्यकर्ता ३१ वर्षीय पूर्ण राईले कुटपिट गरेको आराेपमा गठवन्धनका तर्फबाट जेठ १२ गते विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका थिए ।
जेठ १२ गते गठवन्धनका तर्फबाट जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टङ्क थापा, नेकपा एकीकृत समाजवादी पार्टी खोटाङका अध्यक्ष अजमेर राई, नेकपा माओवादी केन्द्रका खोटाङ संयोजक दीपक पाण्डे र नेपाली कांग्रेसका खोटाङ सभापति विष्णुकुमार राईले संयुक्त विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
घटनाका विषयमा टङ्क राईले प्रहरीलाई फोन गरी जानकारी गराएको भएपनि घटनास्थल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पा प्रहरी पुग्दा दुवै पक्षले मादक पदार्थ सेवन गरी झगडा गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्करप्रसाद चौधरीले बताउनु भयो ।
पीडित भनिएका टङ्क राईलाई प्रहरीले जेठ १२ गते प्रहरी कार्यालयमा झिकाएर घटनाका विषयमा जानकारी लिएको इन्स्पेक्टर चौधरीले बताउनु भएको छ ।
घटनाका आरोपितको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि काठमाण्डौ लगिएको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…