गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारका कार्यकर्ता बीच झडप मतगणना स्थगित

  ०७९ जेठ १ गते

अदानचुली गाउँपालिकामा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच वैशाख ३१ गते मतगणनाको विषयमा झडप हुँदा मतगणना कार्य रोकिएको अदानचुली गाउँपालिका निर्वाचन अधिकृत यमप्रकाश बास्कोटाले बताउनु भएको छ ।

झडपलाई साम्य गर्नका लागि सुरक्षाकर्मीले तीन पटक हवाई फायर गरेको निर्वाचन अधिकृत बास्कोटाले जानकारी दिनु भएको छ । दुवै पक्षका कार्यकर्ताले झडप गर्दा पार्टीका कार्यकर्ता भागाभाग र लखेटालखेट गरेका थिए ।

गठबन्धनका उम्मेदवारले पठाएको मतगणना प्रतिनिधिलाई एमालेले र स्वतन्त्रले नस्विकार्दा झडपको स्थिति सृजना भएको स्थानीय युवराज भण्डारीले जानकारी दिनु भएको छ ।

हेलिकप्टरले ल्याउन नमानेपछि लिमिका तीनवटा मतदान केन्द्रका म्यादी प्रहरी अलपत्र
नाम्खा गाउँपालिका–६ को लिमिका तीनवटा मतदान केन्द्रका म्यादी प्रहरी अलपत्र परेका छन् ।

निर्वाचन सम्पन्न भएको तीनदिनपछि मतपेटिका र अन्य कर्मचारीलाई ढुवानी गरेपनि १९ जना म्यादी प्रहरीलाई नल्याउँदा अलपत्रमा परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका जगतबहादुर पौडलले जानकारी दिनु भएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र अन्य कर्मचारीलाई जेठ १ गते नेपाली सेनाको हेलिकप्टरबाट गाउँपालिका केन्द्र यालवाङमा ओसारे पनि म्यादी प्रहरीलाई हिलका क्याप्टेनले ओसार्न नमानेपछि हाल लिमिको चिसो खानु परेको निर्वाचन अधिकृत पौडेलले बताउनु भयो ।

मतपेटिका ल्याउन हेलिकप्टरको आवश्यकता भएका कारण समयमै हेलि नपुग्दा मतपेटिका ढुवानी गर्न ढिलाई भएको थियो । नाम्खाका तीनवटा वडामा रहेका भृकुटी प्रावि जाँग, सुनखानी प्रावि हल्जी र हिमशिखर प्रावि तिल मतदान केन्द्रका मतपेटिका र निर्वाचनमा खटिएका कर्मचारीलाई मतगणना स्थल यालवाङमासम्म पु¥याइएको थियो ।

खटाएका कर्मचारीले नाम्खा गाउँपालिका वडा नम्वर ५ मा रहेको ४ हजार ८ सय मिटर अग्लो नारा लेक पार गर्न निक्कै सकस भएको थियो । लिमिमा अलपत्र छोडिएका म्यादी प्राहरीलाई फर्कदा पनि नारा लेक काट्न समस्या हुने देखिएको छ ।


नन्द सिंह