गठबन्धनद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा विरोध

  ०७९ मङ्सिर ३ गते

रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवीप्रसाद तिमल्सिना र माओवादीका प्रदेश सभा सदस्य (क) का उम्मेदवारले मङ्सिर २ गते राति चन्द्रपुर नपा–२ कलटोलमा निर्वाचन आंचारसंहित उल्लङ्घन गरेको भन्दै नेकपा एमालेका युवाहरुले विरोध गरेका छन् ।

गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका नेपाली काँगे्रसका तिमल्सिना नि. वर्तमान सांसद हुन् । तिमल्सिना नेतृत्वमा करिब ६० जना भन्दा बढीको सङ्ख्यामा र सशस्त्र प्रहरीको स्कर्टिङमा गउँमा आएको एमाले स्थानिय सम्भु थापाले बताउनु भयो ।

स्थानिय युवाहरुले विरोध गरेपछि तिमिहरुले के गर्न सक्छौँ ? हाम्रै सांसद त होनी भन्दै हातपात उत्रेको थापाको आरोप रहेको छ ।

सुरक्षा निकायले सुरक्षादिँदै निर्वाचन आचारसंहिता विपरित कार्य गर्ने उत्साहित गर्ने कार्यमा सघाउ गरेको र सो विषय गम्भीर आपति रहेको थापाले गुनासो गर्नु भएको छ ।

गठबन्धनका उम्मेदवार चन्द्रपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा नेपाली काँग्रेसका नेता कल्याण कुश्वारको घरमा पैसा छोडेको हुन सक्ने उहाँले आरोप लगाउनु भएको छ ।

सशस्त्र बल सन्तपुरका डिएसपी श्याम शर्मा पौडेलसँग कुराकानी गर्दा गस्ती गर्ने क्रममा सो स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको र हुलदङ्गा भएको खबर पाएपछि सो स्थानमा गई सो क्षेत्रलाई करिब एक घण्टापछि शान्त पारेको बताउनु भयो ।

सुरक्षा निकाय भनेको भयरहित वातावरण सृजना गर्ने भएकोले सो आरोप लगाई भ्रम फैलाएको डिएसपी पौडेलले बताउनु भयो ।


कोपिला तिमल्सिना