गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै सिंहदरवार अगाडि धर्ना
मानव अधिकारकर्मीले न्यायको माग राखेर आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै सिंहदरवार दक्षिणढोका अगाडि धर्ना दिएका छन् ।
गङ्गामाया बचाउ अभियानको आयोजनामा साउन ३१ गते दिइएको उक्त धर्नाका सहभागिहरूले कृष्णप्रसादको हत्यारालाई गिरफ्तार गरी गङ्गामायाको ज्यान बचाउ, निर्दोष नागरिकका हत्यारालाई कारबाही गर, हत्याराको कुनै पार्टी, दल र जात हुन्न, पहुँचको बलमा कानुनमाथि खेलवाड नगर, कानुन सबैलाई बराबर गर, सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर लेखिएका प्ले कार्ड बोकेका थिए ।
अनसनरत गङ्गामायाका कान्छा छोरा १६ वर्षीया कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले चितवनको बकुल्लहर चोकबाट अपहरण गरी निर्मम तरिकाले हत्या गरेका थिए ।
सोही घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग राख्दै गङ्गामाया अधिकारी साउन २७ गतेदेखि छैठौँ पटक वीर अस्पतालमा उपचारार्थ अवस्थामानै आमरण अनसन बसिरहेकी छिन् । अनसनको कारण उनको स्वास्थ्य अवस्था विग्रँदै गएको चिकित्सकहरूले बताएका छन् ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…