गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै बालुवाटारमा धर्ना
अधिकारकर्मीहरूले न्याय माग गर्दै आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि साउन २० गते धर्ना दिएका छन् । गङ्गामाया बचाउ अभियानको आयोजनामा भएको सो धर्नामा प्रहरीले हस्तक्षेप गरी ११ जना अधिकारकर्मीलाई गिरफ्तार समेत गरेको छ ।
गिरफ्तार पर्नेहरूमा मानव अधिकरकर्मी चरण प्रर्साई, इन्द्र अर्याल, प्रविण बस्नेत, सुमन अधिकारी, सावित्री श्रेष्ठ, शोभा महर्जन, हरिकृष्ण अर्याल, रसना ढकाल, भजराज चापागाई, बच्चु रिजाल र सुशिला शर्मा रहेका छन् । गिरफ्तार परेकाहरूलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएकोमा चार घण्टा पछि रिहा गरेको मानव अधिकारकर्मी चरण प्रर्साईले जानकारी दिए ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रर्साईले लोकतन्त्र, मानव अधिकार र कानुनी शासनको मुलुक भनेर गर्व गरिरहँदा न्यायको लागि गङ्गामाया अधिकारीले ज्यान गुमाउनु पर्ने स्थिति आए विश्व सामु नेपालको लज्जाबोध हुने भन्दै तत्काल अनसनरत अधिकारीको माग सम्बोधन गरी उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् ।
धर्नाका सहभागिहरूले ब्यानरसहित 'गङ्गामायालाई न्याय देउ, गङ्गामायाको जीवन रक्षा गर, अदालतको आदेश पालना गर, अदालतको आदेशको सम्मान गर, कृष्णप्रसाद अधिकारीका हत्यारा पक्राउ गर, प्रहरी प्रशासन आँट गर, जनता तिम्रो साथमा छन्' लेखिएका प्ले कार्ड बोकेका थिए ।
अनसनरत गङ्गामायाका कान्छा छोरा १६ वर्षीया कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते तत्कालीन विद्रोही नेकपा माओवादीका कार्याकर्ताले चितवनको बकुल्लहर चोकबाट अपहरण गरी निर्मम तरिकाले हत्या गरेका थिए ।
सोही घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग राख्दै गङ्गामाया अधिकारी साउन २७ गतेदेखि छैठौँ पटक वीर अस्पतालमा उपचारार्थ अवस्थामानै आमरण अनसन बसिरहेकी छिन् । अनसनको कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सकहरूले बताएका छन् ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले न्याय प्राप्तिको आधारभूत विषयलाई लिएर वीर अस्पतालमा अनसनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषी उपर कानुनी कारबाहीको माग गर्दै अनसनरत गङ्गामायाको स्वास्थ्य अवस्थाको बारेमा आयोगले नियमित रुपमा अनुगमन गर्दै आएको आयोगद्वारा साउन ३० गते जारी विज्ञप्तिमा भनिएको छ ।
'अधिकारी दम्पतिको पटक-पटकको अनसनपश्चात् अनसनकै दौरान गतवर्षज्यान गुमाएका नन्दप्रसाद अधिकारीको अन्त्येष्टि नहुँदा सांस्कृतिक अधिकार समेत कुण्ठित भएको छ ।'-जारी विज्ञप्तिमा भनिएको छ ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…