गङ्गामायालाई न्याय दिन सरकार र न्यायालयसँग आग्रह (फोटो फिचरसहित)
सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले छोरा कृष्णप्रसाद अधिकारीको गोली हानी हत्या गरेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै न्यायको लडाइँ लडिरहेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीलाई न्याय दिन अधिकारकर्मीहरूले सरकार र न्यायालयसँग माग गरेका छन् ।
छोराको हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत अवस्थामा ०७१ असोज ६ गते वीर अस्पतालमा मृत्युवरण गरेका नन्दप्रसाद अधिकारीको तेस्रो वर्षको स्मृति दिवसको अवसरमा असोज ६ गते काठमाडौँमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले सो माग गरेका हुन् ।
कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले न्याय कहिले हार्दैन भन्दै अहिले न्याय कमजोर देखिएपनि अन्त्यमा न्यायको जित भएरै छाड्ने बताए । गङ्गामायाको लडाइँ कानुनी भएको उल्लेख गर्दै अध्यक्ष प्याकुरेलले उल्लेख गर्दै सत्याग्राहीहरूले शान्तिपूर्ण तरिकाले न्यायको माग गर्दा सरकार तथा सरकारका विभिन्न अङ्गहरूको मिलोमतोमा न्यायलाई कमजोर बनाइएको आरोप लगाए ।
अधिकारकर्मी चरण प्रसाईँले न्यायको लडाईँ लड्दालड्दै नन्दप्रसादको मृत्यु भएको र वहाँको बिँडो गङ्गामायाले थामी रहेकाले सरकार र न्यायालय संवेदनशील हुनुपर्ने बताए । सरकार न्याय दिन अनिच्छा देखाइरहेको उल्लेख गर्दै न्यायको लर्डाईँमा सबैको साथ आवश्यक रहेको उनले बताए ।
मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले द्वन्द्वपीडितको न्यायको खोजीमा रहेका अधिकार्रर्मीलाई धम्की दिने कार्य जारी रहेको उल्लेख गर्दै न्यायको अनुभूति गर्न सकिए मात्र लोकतन्त्र संस्थागत हुने बताए ।
इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमले गङ्गामायाको न्यायका लागि अधिकारकर्मीहरूको पहल आवश्यक रहेको बताए ।
एडभोकेसी फोरमका अधिवक्ता पुष्प पौडेलले द्वन्द्वपीडित गङ्गामायाको न्यायका लागि बहस तथा पैरवी गर्ने क्रममा धम्की आउने गरेको बताए । गङ्गामायाको छोरा हत्या घटनाको मुद्दामा चितवन अदातलले न्याय दिनुको साट्टो पेशी सारेर पीडितको न्याय कुण्ठित गरिएको उनले बताए ।
द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले छोराको हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै अनसनरत अवस्थामै नन्दप्रसादको मृत्यु भएको तीन वर्ष पूग्दासम्म उनको शव दाहसंस्कार गर्ने कार्यमा राज्य पक्षले ध्यान नदिएको बताए । उनको शव हालसम्म महाराजगञ्जस्थित शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।
कार्यक्रममा गङ्गामायाले छोराको हत्या घटनाका दोषीलाई कारबाही नभएसम्म न्यायको लडाइँ लडिरहने बताइन् । उनले भनिन्-"मैले न्याय मागेको हो । न्याय नपाएसम्म लडिरहन्छु ।"
हजुर बुवालाई भेट्न गोरखाबाट चितवन पुगेका कृष्णप्रसादलाई ०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले रत्ननगरस्थित बकुल्लहर चोकमा गोली हानी हत्या गरेका भन्दै पीडित परिवारबाट चितवन प्रहरीमा उजुरी परेको थियो । सो घटनाको मुद्दामा हालसम्म चितवन जिल्ला अदालतले ११ औँ पटकसम्म पेशी सारेको जनाइएको छ ।
सबै फोटो: राजु पासवान
इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…