गङ्गामायाको जीवन रक्षाको लागि मानवअधिकारकर्मीहरूको खबरदारी
मानव अधिकारकर्मीहरूले न्यायको माग गर्दै पछिल्लोपटक पाँच दिनदेखि आमरण अनसनरत गोरखा फुजेल-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि सरकारलाई खबरदारी गरेका छन् ।
मानव अधिकारकर्मीहरू सुबोधराज प्याकुरेल, चरण प्रर्साई, प्रा. कपिल श्रेष्ठ, बाबुराम गिरी, इन्द्रप्रसाद अर्याल, सुमन अधिकारी, आशिकराम कार्की, ओमप्रकाश अर्याललगायत १४ जनाले साउन ३१ गते एक खबरदारी पत्र जारी गर्दै गङ्गामायाको जीवन रक्षाको लागि सरकार र प्रमुख राजनीतिक दलका नेतृत्व पंक्तिलाई बेलैमा होस पुर्याउन खवरदारी गरेका छन् ।
विधिको शासनको सम्मान गर्दै गङ्गामायाको जीवन रक्षा गरियोस भनी अनसन प्रारम्भ नहुँदै वर्तमान उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिको नागरिक समाजले ध्यानाकर्षण गरेपनि हालसम्म अभियुक्त गिरफ्तार नगरिएको खरदारी पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ-'यदी गङ्गामायाको न्यायिक माग सम्बोधन नगरेको कारणबाट निजको ज्यान गएमा शान्ति प्रकृयाको औचित्य एवम् राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा यसको अकल्पनीय मुल्य राष्ट्रले भविष्यमा चुकाउन पर्ने हुन्छ ।'
यस्तै गङ्गामायाको जीवन रक्षाको माग गर्दै साउन ३० गते पीडित र अधिकारकर्मीले बालुवाटारमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरी ४ घण्टासम्म हिरासतमा राखेको घटनाप्रति समेत मानव उनीहरूले घोर निन्दा र भत्सर्ना गरेका छन् । 'यस्ता दृष्टान्तबाट शान्ति प्रकृया टुङ्ग्याउने नाममा द्वन्द्वमा असंलग्न व्यक्तिहरूविरूद्ध गरिएको अपराध दबाउने नियत देखिन्छ । नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच भएको गठबन्धनले यसको पृष्ठपोषण नगरोस् भनी हामी सचेत गराउन चाहान्छौँ ।'-पत्रमा भएकिो छ ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
ठेकेदारको लापरवाहीले निर्माणाधिन अस्पताल अलपत्र, स्थानीयलाई सास्ती
जिल्लाकै सबैभन्दा विकट मानिने तमानखोला गाउँपालिकाका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउँने उद्देश्यले ०७७ सालमा निर्माण सुरू गरिएको पालिकास्तरीय अस्पताल ठेकेदारको लापरवाहीका कारण अलपत्र बनेको छ । समयमै अस्पताल निर्माण कार्य…
श्रीमानको कुटाइबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु
श्रीमानको कुटपिटबाट घाइते पुतलीबजार नगरपालिका– १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा नर्भिक अस्पताल काठमाण्डौँमा ०७९ चैत ८ गते मृत्यु भएको छ । ०७९ माघ २२ गते राती श्रीमान लक्ष्मीप्रसाद…
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…