खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या
खाँडादेवी गाउँपालिका-४, सुतारमा खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या परेको छ ।
खोलाले बगाएको कुलो बनाउन नसकेपछि यस वर्ष किसानहरूको खेतमा धान खेती नलाग्ने निश्चित भएको हो । आसपासमा धान रोपाइँ हुँदा सुतारका किसानहरू सुक्खा खेत हेरेर बस्न बाध्य भएको स्थानीय किसान पोषक बहादुर कार्कीले बताउनु भयो । 'खेतमा पानी लाग्ने कुलै छैन, यस वर्ष हाम्रो खेतमा धान नरोपिने भयो', स्थानीय किसान कार्कीले भन्नुभयो ।
सो गाउँका झण्डै १८ घर धुरीको खेतमा पानी लाग्ने कुलो भुटौली खोलाले बगाएको छ । बगाएको कुलो मर्मत गर्न नसक्दा किसानका खेत बाँझै छन् । 'धान रोप्ने खेत बाँझै छ, अरू धान रोप्छन्, हामी सुक्खा खेत हेरेर बस्नु परेको छ', कृषक रत्नबहादुर कार्कीले उल्लेख गर्नुभयो ।
सुतार गाउँवासीको धान लगाउने खेत बाँझो भएपछि परिवार के गरी पाल्ने भन्ने गाउँ बासीलाई चिन्ता छ । 'खेती हुने जग्गा बाँझै छ, के खाने, के गरी परिवार पाल्ने, भोकमरी लाग्ने डर भयो', रत्नबहादुरले गुनासो गर्नुभयो ।
कुलो मर्मतको लागि खाँडादेवी गाउँपालिकाले एक लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो । सो बजेट ल्याउनुको साथै किसानले धेरै श्रमदान गरे पनि कुलो नबनेको खाँडादेवी गाउँपालिका-४ का वडा सदस्य भीमबहादुर बस्नेतले जानकारी दिनुभयो । 'कुलो धेरै बिग्रिएको थियो, त्यति पैसाले बन्न सकेन', खाँडादेवी गाउँपालिका-४ का वडा सदस्य बस्नेतले भन्नुभयो ।
यस वर्ष सो कुलोको मोहीले धान रोप्ने अवस्था नरहेको उहाँले बताउनु भयो । यस विषयमा गाउँपालिको पनि ध्यानाकर्षण गराएको र अर्को वर्षसम्म कुलो बनाउन आफूले प्रयत्न गर्ने उहाँले बताउनु भयो । 'यस विषयमा गाउँपालिका अध्यक्षको पनि ध्यानाकर्षण गराएको छु, गाउँपालिका बाहेक अन्य निकायलाई समेत किसानको यो समस्या समाधानको लागि म अनुरोध गर्छु, अर्को वर्षसम्म जसरी पनि कुलो बनाउने प्रयत्नमा लाग्छु', वडा सदस्य बस्नेतले भन्नुभयो ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…