खोलामा पुल नहुँदा स्थानीयबासीलाई सास्ती
छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढाले विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै तर्नुपर्नु बाध्यता रहेकाे बताउनुभयाे ।
सोही नगरपालिका–१ श्रीनगर गाउँमा रहेको मीन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत छात्रा सपना मल्ल र महाकाली नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र मुस्कान मल्लले आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोलामा पुलनहँदा काठका दुई लाप्का भएर खोला तर्नुपर्ने भएकाले सधैं विद्यालय जाँदा र घर फर्कंदा ज्यान जाखिम मोलेर तर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
मुगुम कार्मारोङ्ग गाउँपालिका–१ डोल्फु गाउँका छिरिङ आग्मु लामाले उक्त खोला तर्दा काठका लाप्का हल्लिएर रिँगटा लाग्दा खोला किनारमा खसेको बताउनु भयो । सदरमुकामबाट यार्सा पाटन जाँदा चाहिने औषधि, लत्ताकपडा र खानेकुरा किनेर घर जाँदै थिएँ खोलामा खस्दा बाढीले बगाए पनि आफु बाँचेको सुनाउनु भयो ।
जिल्ला सदरमुकाम जाँदा र फर्किंदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाँघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका–१९ गाउँका बासिन्दाले सधैँ सास्ती भोग्दै आएका छन् ।
मीन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आकाशमा कालो बादल आउनासाथ बिदा मागेर घर जान हतार गर्ने गरेको शिक्षक शिवलक्ष्मी मल्लले बताउनु भयो । बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नुभन्दा पहिल्यै खोला तरिसक्नु पर्ने भन्दै पढाई बिचमै छाडेर विद्यार्थी घर जान हतार गर्ने गरेको शिक्षक मल्लले बताउनुभयो । पुल नहुँदा त्यहि खोला तरेर आउने विद्यार्थीको पढाइमा समेत असर गरेको शिक्षक मल्लको भनाइ छ ।
खोलामा पुल नहुँदा र खोला ठूलो भएकाले गाडीले खोला तर्न नसक्दा बिरामीलाई बोकेर जिल्ला अस्पताल तथा सदरमुकामसम्म पनि ल्याउन कठिन हुने गरेको छ । खोलामा पुल भइदिएको भए सडकमा सवारी साधन नियमित हुन्थे, बिरामीलाई समयमै जिल्ला अस्पताल र हवाई मार्ग भएर सुविधा सम्पन्न अस्पतालमा लैजान सहज हुने थियो, अहिले पुल नभएकै कारण यो सडकमा यातायातका साधन चलेका छैनन्, मानिसहरुलाई आवतजावतमा समस्या भएको लुम्स गाउँका स्थानीयबासी कम्बर ऐडीले गुनासो गर्नु भयो।
विगतका वर्षहरुमा गमगाढ खोलामा पानीको बहाव बढेमा र बाढी आएमा मानिसहरु चाट्या बगर र हाडढुङ्गा भन्ने स्थानमा रहेका झोलुङ्गे पुलको वैकल्पिक बाटो भएर खोला तर्ने गदर्थे । ०७९ असोज १७ देखि २३ गतेसम्म परेको पानीले गमगाढ खोलामा बाढी आएर ती दुवै पुल बगाएपछि मानिसहरुलाई खोला तर्ने अन्य कुनै विकल्प नहुँदा बाध्य भएर जति समस्या आए पनि खोला तर्नुपर्ने भएको हो ।
यो खोलामा छायाँनाथ रारा नगरपालिकाले प्रत्येक बर्खामा काठको साँघु हाल्दै आए पनि बाढीले सधैँ साँघु बगाउँदै लग्ने गरेको नगर उपप्रमुख ऐश्वर्य मल्लले बताउनुभयो । यस वर्ष पनि नगरपालिकाले काठको साँघु बनाउन ४ लाख रुपियाँ छुट्याएर काम सुरु गरिसकेको उपप्रमुख मल्लले जानकारी गराउनुभयो । नगरपालिकाको त्यो ठाउँमा स्थायी झोलुङ्गे पुल राख्ने योजना थियो, तर यही खोलामा सडक डिभिजन कार्यालय जुम्लाले गाडी गुड्ने स्थायी पुलको ठेक्का खोलिसकेकोले दोहोरो खर्च नहोस् भनेर पुल नबनाएको उपप्रमुख मल्लको भनाइ छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…