खोरमा राखिएका बालकको इन्सेकको पहलमा उद्दार
शारीरिक अपाङ्गता भएका हिलिहाङ गाउँपालिका–६ का १२ वर्षीय बालक सुशन थोक्लिहाङको इन्सेक पाँचथर प्रतिनिधिको पहलमा असार १० गते उद्दार गरिएको छ । शारीरीक अपाङ्गता तथा मनोसामाजिक समस्या भएका बालकलाई आठ वर्षदेखि खोरमा थुनेर राखिएको थियो ।
जेठ पहिलो साता बालकको अवस्थाका बारेमा इन्सेकले स्थलगत अनुगमन गरी अन्य सङ्घ संस्थाको समन्वयमा बालकको उद्दारको व्यवस्था गरेको हो ।
अपाङ्गता भएका बालकलाई इन्सेकलगायत बालबालिका र अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको पहलमा खगेन्द्र नवजीवन केन्द्र, भद्रपुर झापामा उपचार तथा संरक्षणका हुने गरी उद्दार गरिएको छ । बालकलाई गत जेठ महिना नै उद्दारको व्यवस्था गरिएपनि कोभिड–१९ को कारण असार १० गतेमात्र उद्दार गरिएको हो ।
कोभिड–१९ को सङ्क्रमणका कारण बालकमा कोभिड सङ्क्रमण भए नभएको जाँचका लागि इन्सेकले जिल्ला अस्पताललाई चिठी लेखि इन्सेकले परीक्षणको व्यवस्था मिलाएको थियो । परीक्षणका क्रममा बालकमा कोभिड–१९ को सङ्क्रमण नभएको पुष्टि भएपछि बालकको उद्दार गरिएको हाे ।
इन्सेकले प्रदेश १, सामाजिक विकास मन्त्रालय, इन्सेक प्रदेश कार्यालय विराटनगर, हिलिहाङ गाउँपालिका र राष्ट्रिय बाल अधिकार परिषद, नेपाल अपाङ्ग सङ्घसहित नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा र मानव अधिकारकर्मीहरूसँग समन्वय गरी बालकको उद्दार गरेको हो ।
इन्सेक प्रतिनिधिसँगको सहकार्यमा राष्ट्रिय बाल अधिकार परिषदसँगको साझेदारीमा बालकलाई मानव अधिकार मञ्च नेपाल इलाममार्फत नवजीवन केन्द्र भद्रपुर झापा लगिएको हो ।
इन्सेक प्रतिनिधिले बालकको उद्दारका लागि सामाजिक विकास मन्त्रालयसहित अन्य सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेको मानव अधिकार मञ्च नेपालका भक्त थामीले बताउनु भयो ।
बाबुको पहिचान नभएका नातिको उपचारका लागि पैसा अभाव भएपछि विगत आठ वर्षयता खोरमा थुनेर राखेको हजुरआमा ललिताकुमारी थोक्लिहाङले बताउनु भयो । उहाँले इन्सेक प्रतिनिधिले नातिको अवस्था देखेपछि उद्दार गरेको बताउनु भयो ।
हजुरआमा थोक्लिहाङले इन्सेक प्रतिनिधिले नातिको उद्दारका लागि ४ हजार ५ सय रुपियाँ आर्थिक सहयोग गरेको बताउनु भयो ।
बालककी आमा विवाह गरेर अन्यत्र गएपछि ललिताकुमारीले नातिको रेखदेख गर्दै आउनु भएको थियो ।
मङ्गल वेघा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…