खोटाङ र कैलालीमा सुरक्षा सम्वेदनशील मतदान स्थल पहिचान
खोटाङ र कैलाली जिल्ला सुरक्षा समितिले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा सम्वेदनशील मतदान केन्द्र पहिचान गरी सोही अनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएका छन् ।
इन्सेक खोटाङ जिल्ला प्रतिनिधि सुनिता मगरका अनुसार खोटाङमा स्थानीय तहको निर्वाचनका लागि १ सय ३६ मतदान स्थलमा कुल १ सय ७३ मतदान केन्द्र रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० ओटा स्थानीय तह रहेको खोटाङ जिल्लामा १ लाख १५ हजार ६ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए ।
एक गाउँपालिका अति सम्वेदनशील, चार ओटा गाउँपालिका र एउटा नगरपालिका सम्वेदनशील तथा चार ओटा गाउँपालिका सामान्य रहेको विश्लेषण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकिशोर प्रधानले बताए ।
विगतका घटना क्रम, अपराधिक क्षेत्र र भौगोलिक क्षेत्रलाई आधार मानेर तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्ता चुस्तदुरुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताए ।
इन्सेक कैलाली जिल्ला प्रतिनिधि रुविना चौधरीका अनुसार कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि २ सय ३१ मतदान स्थल र ४ सय ९० मतदान केन्द्र रहेका छन् । सुरक्षाको दृष्टिकोणबाट मतदान स्थललाई तीन भागमा वर्गीकरण गरिएको छ ।
२ सय ३१ ओटा मतदान स्थल मध्ये ८६ मतदान स्थल अति सम्वदेनशील, ८३ ओटा सम्वेदनशील र ६२ ओटा मतदान स्थल सामान्य रहेको र सोही सम्वेदनशीलता अनुसार सुरक्षा अवस्था बलियो बनाउनका लागि आवश्यक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बीरबहादुर बुढामगरले बताए ।
एक उपमहानगरपालिका, ६ ओटा नगरपालिका र ६ ओटा गाउँपालिका गरी १३ ओटा स्थानीय तह रहेको कैलाली जिल्लामा ४ लाख ३ हजार २ सय ८० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेम भट्टले जानकारी दिए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…