खोटाङमा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन
सदरमुकाम दिक्तेलदेखि जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले र्सार्वजनिक स्थलमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक पार्टीका झण्डा र ठूलठूला पोष्टरसमेत प्रकाशन र प्रदर्शन गरिरहेका छन् ।
निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधनले यस्तो कार्य गर्न प्रतिबन्ध लगाएको छ । निर्वाचन आचारसंहिताको परिच्छेद २ को उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको (झ) मा निर्वाचन प्रचारप्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन नहुने उल्लेख छ ।
सदरमुकाम दिक्तेल बजारमा ध्वजापतका झैँ राजनीतिक दलहरूले पार्टीका झण्डा झुण्ड्याएका छन् । लामीडाँडा गाउँपालिकाको सार्वजनिक चौतारा, हलेसी तुवाचुङको सडकको पर्खाल, बुईपाको सार्वजनिक बाटो, विजुलीका खम्बा, सदरमुकाम दिक्तेलको हटिया लाग्ने भवनको भित्ताभरी भित्तै नदेखिने गरी पार्टीको झण्डा, पोष्टर र पर्चा टाँसिएका छन् ।
केही समयअघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका थिए । अहिलेसम्म निर्वाचन कार्यालयमा भने निर्वाचन आचारसंहिता उल्लङ्घनको लिखित उजुरी नआएको र त्यस्तो उजुरी आए छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…