खेतमा उखु सुकेकाले क्षतिपूर्तिका लागि पहल गर्न आग्रह
कलैया उपमहानगरपालिका–१७ ब्रहमपुरी टोलका ३० वर्षीय उखु किसान राधेश्याम साहले संघीय कृषि तथा पशुपंक्षि मन्त्रालय र कलैया उपमहानगरपालिका–२४ रिलायन्स चिनी उद्योगले दिएको उखुको विउ रोपेको उखुमा रोगलागेर प्रकोपकोरुप लिएको र प्रकोप नियन्त्रण गर्न नसकेकाले क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारामा माघ २८ गते निवेदन दिनुभएको छ । उहाँले सिओ २३८ प्रजातिको उखुको विउ लगाएर राम्रो उत्पादन लिन कृषि मन्त्रालय र चिनीउद्योग प्रशासनले संयूक्त सिफारीस गरेकाले क्षतीको जिम्मादिनुपर्ने बताउनुभयो । उहाँले पाँच विघामा उखु लगाएकोमा दुई विघामा लगाएको उखु सुकेर गएकाले मर्कामा परेको बताउनुभयो ।
कलैया उपमहानगरपालिका–१६ मझौलियाका ४४ वर्षीय उखु किसान रामनारायणप्रसाद कुशवाहाले चिनी मिल प्रशासनले दिएको सल्लाह अनुसर औषधि उपचार गर्दा नियन्त्रण नभएकाले किसान मर्कामा परेको बताउनुभयो । उहाँले उखुमा रेडरट रोग लागेर उखु चिनी मिलमा लैजाने समय भन्दा पहिला सुकेको बताउनुभयो । उनले प्रति कठ्ठा १६ हजार आम्दानी आउने उखु सुकेर गएकाले दश कठ्ठाको उखु पुर्णरुपमा क्षति भएको बताउनुभयो । उहाँले उखु लगाउन देखि मिल सम्म पुर्याउन प्रतिकठ्ठा सातहजार रुपैयाँ खर्चलाग्ने बताउनुभयो ।
कलैया उपमहानगरपालिका–२४ मनहर्वाका ३२ वर्षीय उखुकिसान शत्रुधन कुशवाहाले दर्जनौ पटक जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र चिनी मिल प्रशासनमा धाउदा धाउदै थाकी सकेको बताउनुभयो । उहाँले किसानका समस्या सुन्नुहुन्छकि भनेर राजनीतिक दलका नेताका घर र पार्टी कार्यालय धाउदाँ पनि समस्या समाधान नभएको गुनासो गर्नुभयो । उहाँले यस क्षेत्रका किसानहरू आक्रोशमा आएर उखुमा आगो लगाएर अन्दोलन गरेपनि नेपाल सरकारले नसुनेको बताउनुभयो ।
कलैया उपमहानगरपालका–१७ ब्रहमपुरी टोलका ४३ वर्षीया उखु किसान बिजयप्रसाद महतोले नेपाल सरकार र चिनीमिल प्रशासनले सिफारीस गरेको उखुको विउमा रोगलागेर प्रकोपकोरुप लिएको र यसको नियन्त्रण गर्न नसकेकाले नेपाल सरकारबाट क्षतिपूर्ति दिनका लागि किसानको माग रहेको बताउनुभयो । उहाँले सरकारले सिफारीस गरेको विउ रोपेकाले किसानलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले चिनी उद्योगले किसानलाई उखुको विउ र औषधि खरिद गर्न दिएको ऋण मिनाहा गर्न पर्ने किसानको माग रहेको बताउनुभयो । उहाँले चिनीमिल प्रशासन र नेपाल सरकारलाई आन्दोलन गरेपछि मात्र आवाज सुन्ने शान्तिपूर्ण तरिकाले माग राख्दा चुपलागेर बस्ने प्रबृतिको अन्त्य गर्न अनुरोध गनुभयो ।
बारा जिल्लामा तिनहजार विघा र पर्सा जिल्लामा तिनसय विघा रोगको प्रकोप लागेको किसान हकहित संघर्ष समितिका संयोजक ६० वर्षीय इन्द्रदेव कुशवाहाले बताउनुभयो । उहाँले दुई वर्ष देखि शुरु भएको प्रकोप नियन्त्रण गर्न नेपाल सरकारले चासो नदिएकाले किसान आर्थिक संकटमा परिरहेकाले किसानको रक्षा गर्न आग्रहगर्नुभयो । उहाँले नेपाल सरकार मौन बसेको र मिल प्रशासनले ध्यान नदिदा किसान मर्कामा परेको बताउनुभयो । उहाँले बारामा एकहजार बिघामा पूर्णरुपमा क्षति भएको र दुईहजार बिघामा पचास प्रतिशत क्षति भएको बताउनुभयो ।
उहाँले जीतपुरसिमरा उपमहानगरपालका, कलैया उपमहानगरपालिका र महागढिमाई नगरपालकामा यो रोगले प्रकोपकोरुप लिएकाले समयमा सचेत हुन नेपाल सरकार र चिनी मिल प्रशासनलाई आग्रह गर्नुभयो । चिनी मिलका प्रमुख प्रशासकिय अधिकृत मनोहर झाले किसानलाई उखुमा राख्ने औषधि ट्राइलोडमा, फन्डिसाइड र कोराजिनका लागि आठ करोड ऋण दिएको बताउनुभयो । उहाँले किसानलाई दिएको ऋण चिनी मिल प्रशासनले कुनैहालतमा मिनाहा गर्न नसक्ने बताउनुभयो । उहाँले किसानलाई उखुको विउ र औषधि खरिद गर्न दिएको ऋण असुल गर्ने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र कलैयाका कार्यालय प्रमुख जितेनद्र प्रसाद यादवले क्षतिको लागत संकलन गर्न र रोग लाग्नुको कारण पत्ता लगाउन किसानले आग्रह गरे पनि सरोकारवाला निकायले कुनै सल्लाह सुझाव नदिएको बताउनुभयो । उहाँले माथिल्लो निकायको निर्देशन नभएसम्म केहि गर्न नसक्ने बताउनुभयो ।
उखु किसानका समस्या समाधान गर्न पहल गर्ने सिडिओ नबराज सापकोटाले बताउनुभएको छ । उहाँले राज्यका संयन्त्र प्रयोग गरि नागरिकका समस्या पहिचान र समाधान गर्न केहि समय लाग्ने बताउनुभएको छ ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…