खुल्ला आकाश मुनी पढ्न बाध्य छन् पुरानो विद्यालयका बालबालिका
बथनाहा गाविस-६ स्थित श्री हनुमान विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू खुल्ला आकाश मुनि पढ्न बाध्य छन् । वि.सं. २०१० सालमा स्थापित प्राथमिक विद्यालयको भवन निर्माण तथा पुनर्निर्माण हुन नसक्दा वर्षा र जाडोको शीतलहरमा पठनपाठन समेत ठप्प हुने गरेको छ । २ सय २२ विद्यार्थी रहेको सो प्राथमिक विद्यालयमा खुल्ला आशाममुनी बसेर पढ्न बिवश छन् । तर, उनीहरूमाथि जिल्ला शिक्षा कार्यालयको आँखा अझै पर्न सकेको छैन ।
खुल्ला दिशा मुक्त अभियान सञ्चालन भइरहेको बेला यस विद्यालयमा चर्पी पुरानो तथ जीर्ण रहेको र खाने पानीको लागि ह्याण्ड पम्प समेत बिग्रिएको छ । बथनाहा जिल्लाकै विकट र सीमा क्षेत्रमा रहेको यस प्राथमिक विद्यालयको भौतिक अवस्था सुधार गर्न कसैको चासो देखिँदैन । सो विद्यालयमा मुसहर र मुस्लिम समुदायका बालबालिका पढ्छन् ।
प्रधानाध्यापक तीर्थनाथ झाले विद्यालयमा चार जना शिक्षकको दरबन्दी रहेकोमा दुई जना कार्यरत रहेको र दुई जना शिक्षक काजमा अन्यत्रै खटिएको बताए । विद्यालयमा १ सय ५० जना बालबालिका परीक्षामा सहभागी रहेको प्रधानाध्यापक झाले जनाए । प्रधानाध्यापक झाले भने-"एक त दलित मुसहर वस्तीमा बालवालिकालाई विद्यालय पठाउन रहर गर्दैनन् तर केहिले विद्यालय पठाउँदा समेत भौतिक पूर्वाधार विनाको उनीहरूलाई कष्ट नै हुने गर्छ ।"
विद्यालयको दुई ओटा ब्लकमा पर्खाल छ भने छाप्रो र ढोका छैन । अर्को एक ब्लकमा छाप्रो छ तर पर्खाल भने छैन । बाल विकासको एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने अर्को कोठालाई स्टोर रुम बनाइएको छ । कक्षा पाँचमा अध्ययनरत धनोजकुमार राउत भन्छन्-'पानी पर्दा र चिसो धेरै बढ्दा हामीलाई असजिलो हुन्छ तर हामी पढ्न बाध्य छौँ ।'
अजयकुमार साह
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…