खुला आकाशमुनी अध्ययन गर्छन् जैमिनीका विद्यार्थी !
जैमिनी नपा–५ बिनामारे स्थित दलित उत्थान आधारभूत विद्यालयका विद्यार्थीहरू नयाँ शैक्षिक सत्र सुरू भएदेखि नै खुला आकाशमुनी बसेर पढिरहेका छन् ।
यही वैशाख ३ गते आएको हावाहुरीले विद्यालयको छानो उडाएपछि सो विद्यालयमा अध्ययन गर्ने ४३ जना विद्यार्थीहरूले विद्यालयको प्राङ्गणमा बसेर अध्ययन गर्नुपरेको हो ।
हावाहुरीले सो विद्यालयको छाना र कोठामा समेत आंशिक रूपमा क्षति पुगेको छ । पानी पर्दा बालविकास भवनको बरण्डामा र घाम लाग्दा खुला आकाशमुनि पठन पाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामु बिकले बताए ।
दिनभर घाममा बसेर अध्ययन गर्नुपर्दा साना साना बालबालिकाहरूमा टाउको दुख्ने समस्या देखिने गरेको प्रधानाध्यापक बिकले बताए ।
कक्षा ५ मा अध्यायन गर्ने छात्रा अञ्जना नेपालीले भनिन्–‘हामिलाई पनि यस्तो गर्मीमा घाममा बसेर पढ्दा रिङ्गटा लाग्ने, टाउको दुख्ने जस्तो समस्या हुन्छ ।’
‘हावाले विद्यालयको छानो मात्र उडाएको छैन गारो समेत चिरा परेको हुँदा जरैबाट भवनको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको प्रधानाध्यापक विकको भनाई छ ।
“२०७२ सालको भुकम्पले विद्यालयका सबै कक्षा कोठाहरू चर्किएका थिए ।”–बिकले भने–‘यसपटकको हावाहुरीले कक्षाकोठाको छानो उडाएसँगै कक्षाकोठाको गारोका ढुङ्गा समेत खसेर पठनपाठन प्रभावित भएको छ ।’
‘विद्यालयको छाना उडाएको महिना दिन बित्न लाग्यो । सम्बन्धित निकायलाई जानकारी गराएका छौँ ।’– प्रधानाध्यापक बिकले भने–‘हालसम्म नगरपालिका, जिल्ला समन्वय समिति तथा शिक्षा एकाई कतैबाट पनि सहयोग भएको छैन ।’
खुल्ला चौरमा बसेर पढ्दा आफूहरूलाई निकै समस्या भएको विद्यार्थी समिर नेपाली बताउँछन् । ‘हाम्रो विद्यालयमा अधिकांश दलित विद्यार्थी छन् । हाम्रा अभिभावक पनि विद्यालय बनाउन पैसा दिन सक्दैनन् ।’–नेपालीले भने–‘त्यसैले होला एक महिना बित्न लाग्दा पनि कसैले वास्ता गर्नुभएको छैन ।’ यस विद्यालयमा रहेका जम्मा ४३ जना विद्यार्थीमा ३६ जना विद्यार्थी दलित समुदायका रहेका छन् ।
नगरस्तरीय विपद् व्यवस्थापन समितिले केही समय अघि विद्यालयको स्थलगत अनुगमन गरेको भन्दै क्षतिको विवरण प्राप्त हुने बितिक्कै विद्यालयको छाना छाउनका लागि सहयोग गर्ने जैमिनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद शर्माले बताए ।
‘विद्यालयमा अन्य भवन नभएका कारण कहिले खुला आकाशमुनी, कहिले बालविकास भवनको बराण्डामा त कहिले दुई ओटा कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाएको त हामीले प्रत्यक्ष देखेका छौँ ।’–जैमिनी नपा–५ का वडा अध्यक्ष गोपालप्रसाद पौडेलले भने–‘वडाले गर्नसक्ने सिफारिस गरेर नगरपालिकामा पठाएका छौँ र हामीले गर्नसक्ने सहयोगको लागि पनि प्रतिबद्ध छौँ ।’
जैमिनी नगरपालिकाबाट छाना छाउने आश्वासन आएको भन्दै वडा अध्यक्ष पौडेलले छिट्टै विद्यालयको समस्या समाधान हुने बताए ।
भूकम्पले चर्काएको विद्यालयमा हावाहुरीले थप क्षति पुर्याउँदा २० लाख रुपियाँ बराबरको क्षति भएको विद्यालय प्रशासनले जनाएको छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…