खुकुरी प्रहार गरेर पत्नीको हत्या, आरोपित गिरफ्तार
रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई सोही नगरपालिका-७ दोर्पास्थित माइतीघरमा बस्दै आएकी ४२ वर्षीया राजमाया राईलाई ४६ वर्षीय पति राजकुमार राईले मङ्सिर ३ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ ।
घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । पत्नीको हत्या लगत्तै भागेका राजकुमारलाई लुकिरहेको अवस्थामा मङ्सिर ३ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण खड्काले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको आफन्तले जनाएका छन् । पत्नीसँगै ससुराली बस्दै आएका उनले ससुरालीमै पत्नीको हत्या गरेको स्थानीयले बताएका छन् । उनले पत्नीको हातमा रहेको खुकुरी खोसेर उनलाई नै प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…