खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित फरार

भुमे गाउँपालिका-६ की ४० वर्षीया लयना बुढालाई खुकुरी प्रहार गरी ४५ वर्षीय नरबहादुर पुनले साउन २३ गते हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण खुकुरी प्रहार गरी आरोपितले पत्नीको हत्या गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अङ्गुर जिसीले जानकारी दिए ।

घटना रातको समयमा भएको र आरोपित फरार रहेकाले खोजी तथा अनुसन्धान भइरहेको डिएसपी जिसीले बताए । मृतकको शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्ले रुकुममा साउन २५ गते बिहान भएको छ ।


आदर्श केसी