खुकुरी प्रहारबाट बालिका घाइते, आरोपित गिरफ्तार

  ०८१ असोज ६ गते

खाँदबारी नगरपालिका-५ माल्टाकी १२ वर्षीया बालिका निशा राई सौतेनी आमाले खुकुरी प्रहार गर्दा घाइते हुनु भएको छ ।

बालिकालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सौतेनी आमा ३५ वर्षीया पकेटी राईलाई असोज ६ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा सौतेनी आमाले ०८१ असोज ६ गते खुकुरी प्रहार गर्दा १२ वर्षीया बालिका घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

सौतेनी आमाको खुकुरी प्रहारबाट छाेरीको टाउको, बायाँ गोडामा चोट लागेको बालिकाका बाबु जुद्द राईले बताउनु भयो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपा लगिएको छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


भविन कार्की