खुकुरी प्रहारबाट तीनजना विद्यार्थी घाइते

  ०७९ फागुन २८ गते

०७९ चैत गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताका क्रममा प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी निकट) अनेरास्ववियुका कार्यकर्ताले नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्तामाथि ०७९ फागुन २७ गते खुकुरी प्रहार गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी निकट) अनेरास्वविययूका कार्यकर्ताको खुकुरी प्रहाबाट नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गर्दा तीनजना विद्यार्थी घाइते भएका हुन् ।

घाइते हुनेमा अनेरास्ववियुका कार्यकर्ता कैलालीका २६ वर्षीय जन्मराज उपाध्याय, सल्यानका २४ वर्षीय अनिल बोहरा र अर्घाखाँचीका २३ वर्षीय विवेक गैरे रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रिजालले जानकारी दिनुभयो ।

घाइतेहरू तीनै जनाको हातमा चोट लागेको र बागबजारस्थित काठमाडौँ मोडेल अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको थियो ।

एसपी रिजालका अनुसार प्रहरीले खुकुरी प्रहार गर्ने नेकपा (एकीकृत समाजवादी निकट) अनेरास्ववियुका स्थायी कमिटि सदस्य बैतडी जिल्ला मेलौली नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–८ सिफल बस्दै आएका २७ वर्षीय मनोज चन्दलाई गिरफ्तार गरेको छ ।

गिरफ्तारीमा परेका चन्दलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर घटनाबारे अनुसन्धान अगाडी बढाइएको एसपी रिजालले बताउनुभयो ।

त्यस्तै विद्यार्थी सङ्गठनबीचको विवादका कारण काठमाडौँका विश्वभाषा क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल कमर्श क्याम्पस, बानेश्वर क्याम्पस, कोटेश्वर क्याम्पस, ग्रामीण आदर्श क्याम्पस र बाल्मीकी विद्यापीठमा फागुन २७ गते निर्धारित समयभित्र उम्ममेदवारी मनोनयन दर्ता हुन नसकेको त्रिवि विद्यालय कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

रत्नराज्यलक्ष्मी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, त्रिचन्द्र क्याम्पस मा विभिन्न विद्यार्थी सङ्गठनको तालाबन्दीका कारण फागुन २७ गते मनोनयन दर्ता हुन सकेन भने बाल्मीकी विद्यापीठमा फागुन २८ गते उम्दमेदवारी दर्ताको कार्यक्रम रहेको अधिकारले बताउनु भयो ।


विमल पौडेल