खुकुरी प्रहारबाट अनेरास्ववियुका तीन जना कार्यकर्ता घाइते
मलंगवा नगरपालिका–४ शिवसागर चोकस्थित सर्लाही क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेविसङ्घका कार्यकर्ताबिच भदौ ३० गते चुनावको विषयमा विवाद भई झडप हुँदा नेविसङ्घका कार्यकर्ताको खुकुरी प्रहारबाट तीन जना अनेरास्ववियुका कार्यकर्ता घाइते भएका छन् ।
नेविसङ्घ पक्षका कार्यकर्ताहरूले धारिलो हतियार प्रहार गर्दा अनेरास्ववियुका जिल्ला कोषाध्यक्ष २४ वर्षीय रञ्जित महतो, जिल्ला सदस्य २३ वर्षीय अरविन्दकुमार यादव र पुर्व जिल्ला अध्यक्ष सञ्जिपकुमार यादव घाइते हुनु भएको छ ।
सर्लाही क्याम्पसमा बिहान ८ बजे प्रिन्सीपलको कार्य कक्षमा चुनावको बारेमा छलफल हुँदै गर्दा प्रिन्सिपलको इसारामा नेविसङ्घका कार्यकर्ताहरुले खुकुरी प्रहार गरी घाइते बनाएको अनेरास्ववियुका जिल्ला कोषाध्यक्ष २४ वर्षीय रञ्जितकुमार महतोले जानकारी दिनु भयो ।
घाइते भएको जिल्ला कोषाध्यक्ष रञ्जित कुमार महतोलाई दाहिने हातको पाखुरामा खुकुरी प्रहार गरिएकोमा १४ ओटा टाँका परेको र अर्का घाइते जिल्ला सदस्य अरविन्दकुमार यादवलाई खुकुरी प्रहार गरि छातिको बाँयातर्फमा चोट लागेको र टाउकोमा चोट लागी टाउको भित्र एक इन्च काटिँदा १० ओटा टाँका लागेको र जिल्ला पुर्व अध्यक्ष सञ्जिपकुमार यादवलाई खुकुरी प्रहार गरी टाउकोको पछाडि पट्टी चार ओटा टाका लागेको पीडित अरविन्दकुमार यादवको दाजु ३३ वर्षीय मनोजकुमार यादवले बताउनु भएको छ ।
जिल्ला अस्पताल मलङ्गवामा उपचार गराइ रहेका घाइतेमध्ये अरविन्दकुमार यादव र रञ्जितकुमार महतोलाई थप उपचारका लागि बीरगंजस्थित एलएक्स न्यूरो अस्पताल लगी आइसियूमा राखेर उपचार गरिरहेको मनोजकुमार यादवले जानकारी दिनु भयो ।
सर्लाही क्याम्पसभित्र कक्षा सञ्चालनको समयमा दुई पक्षबिच विवाद भई झडप भएको क्याम्पसका प्रमुख राजेश यादवले जानकारी दिनु भयो ।
घाइतेहरुको उपचार भइरहेको र अनेरास्ववियुका कोषाध्यक्ष रञ्जितकुमार महतोको BR 30 W 3831 नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…