खार्पुनाथमा देखा पर्यो ठेउलाजस्तै रोग
खार्पुनाथ गाउँपालिका–३ को राया गाउँमा ठेउला रोगका लक्षणसँग मिल्ने रोग देखा परेको छ । यहाँका करिब २५ जना बालबालिकाको शरीरमा फोका उठ्ने र पाक्ने जस्ता लक्षण देखिएको हो ।
ठेउला रोगसँग मिल्दोजुल्दो रोगका बिरामी देखा परेपनि स्थानीय स्वास्थ्यचौकीमा रोग नियन्त्रणको कुनै व्यवस्था नभएको स्थानीय सुर्य बुढाले गुनासो गर्नु भएको छ ।
स्थानीय बुढाका अनुसार तीन वर्षदेखि १६ वर्षसम्मका करिब २५ जना बालबालिकालाई उक्त लक्षण देखापरेको हो ।
दैनिक पाँच जना बालबालिकालाई उक्त लक्षण देखा परेको भएपनि राया स्वास्थ्यचौकीमा उपचारको कुनै व्यवस्था नभएको बुढाको आरोप छ ।
बुढाका अनुसार हुम्ला मावि रायामा पठनपाठन गर्ने विद्यार्थीहरुलाई उक्त रोगले छोएको विद्यालयका प्रधानाध्यापक विपी रावलले बताउनु भयो ।
गाउँमा सो रोग फैलिएको भएपनि उपचारका लागि स्वास्थ्य संस्थामा उक्त रोगको औषधि नभएको हुम्ला मविका प्रधानाध्यापक रावलले गुनासो गर्नु भयो ।
जुनसुकै उमेरका व्यक्तिहरुलाई पनि सङ्क्रमण हुन सक्ने एक खालको सरुवा रोग भएको राया स्वास्थ्य चौकीका स्वास्थ्य इन्चार्ज विरसिंह रावलले जानकारी दिनु भयो । राया गाउँमा यतिखेर उक्त रोगका बिरामी देखा परेको रावलले बताउनु भयो ।
उहाँले भन्नु भयो-'उक्त रोग बढ्न नदिनका लागि पहिले त सम्बन्धित बिरामी नै सजग रहनु पर्छ । सँगै सुत्ने, खाने जस्ता कार्य गर्नु हुँदैन ।'
हाल स्वाथ्यचौकीमा आएका बिरामीहरूलाई उक्त रोगबाट केही कम गराउनका लागि आफुले इन्टिबायोटिक औषधि दिएर पठाउने गरेका छौँ । तर, सो रोगलाई पुरै नियन्त्रणमा लिने औषधि भने स्वास्थ्य संस्थामा नभएको प्रतिकृया दिनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…