खाने अन्न नभएपछि गिठ्ठा खोज्दै राक्सीराङका चेपाङ
मकवानपुरको पश्चिमी विकट क्षेत्र राक्सीराङका चेपाङ बस्तीमा खाने अन्नको अभाव बढ्दै गएपछि चेपाङहरू जङ्गलमा गिठ्ठा खोजेर खानेकुराको जोहो गर्ने गरेका छन् ।
राक्सीराङ गाउँपालिका–७ दामराङलगायत गाउँपालिकाको अधिकाँश वडामा बसोबास गर्दै आएका चेपाङहरू खानेकुराको लागि गिठ्ठाको भर पर्न बाध्य भएका हुन् ।
राक्सीराङ गाउँपालिकामा उत्पादन हुने मकै र कोदोले चेपाङहरूलाई वर्षको तीनदेखि पाँच महिना मात्रै खानपुग्ने र अरु सात महिना जङ्गली गिठ्ठा भ्याकुर जस्ता कन्दमुल खोजेर दैनिकी चलाउनुपर्ने बाध्यता छ ।
‘मङ्सिरमा रोपेको मकै अर्को वर्षको वैशाखमा मात्रै फल्छ । रुखो पाखोमा लगाइएको मकै पनि थोरै मात्र फल्छ । जसले ६ जनाको परिवारलाई मुस्किलले चार महिनालाई पुग्ने गरेको छ ।’–दामराङका ३७ वर्षीय आइतसिं प्रजाले भने ।
बारीमा फलेको मकै र कोदोले ६ महिना मात्रै खान पुग्ने र अरू समयमा गिठ्ठाकै भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
आपूmले रोपेको अन्न सकिए पनि भगवानले प्रजा (मानिस) लाई भोकै नराख्न गिठ्ठा फलाएको चेपाङ समुदायमा विश्वास रही आएको छ ।
अन्न सकिएको अवस्थामा उनीहरू जङ्गलमा गएर गिठ्ठा भ्याकुर र जङ्गली च्याउ जस्ता कन्दमुल खोजेर ल्याउने र जिविका चलाउने गरेको पूर्व सांसद गोबिन्दराम चेपाङले बताए ।
चेपाङ गाउँमा बर्सेनी हुने खाद्यान्न सङ्कटलाई टार्न गाउँपालिकाले बेमौसमी कृषि खेती र आयआर्जनका लागि मौरीपालनमा प्रोत्साहन दिएको राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
कृषि उत्पादनलाई बजारीकरणको लागि गाउँपालिकाको विभिन्न वडा जोड्नेगरी कृषि सडक विस्तार गर्दै गएको उनले बताए ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…