खानेपानी नियमित नहुँदा स्थानीयलाई सास्ती
सुक्खा मौसम सुरु भएसँगै रोल्पाको सुनछहरी गाउँपालिका–४ घोगामा खाने पानी नियमित नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ ।
करिव २५ घरधुरी रहेको घोगा गाउँमा तीन वटा पानिको धारा भएपनि नियमितरुपमा पानी आउदैन ।
बर्खाको समयमा अभाव नभए पनि हिउँदको समयमा पानीको मुहान सुकेर सानो हुने भएकाले धारोसम्म पानी आउन नसकेको स्थनीय रणबहादुर परियारले बताउनु भयो ।
धारमा पानी नआएपछि पानी लिनैको लागि घण्टौ हिडेर पधेरोमा जानु परेको स्थानीय रामसर घर्तीले बताउनु भयो ।
धारामा नियमित पानी नआउदा नुहाउन र धुन समेत सकस भएको स्थानीयको भनाई रहेको छ ।
यसैगरी, सुनछहरी गाउँपालिका–४ झिन्जा गाउँमा पनि खाने पानीको समस्या रहेको छ । करिव एक सय घरधुरी भएको उक्त गाउँमा बिहान ६ बजे देखि ८ बजेसम्म र साझ ५ बजे देखि ७ बजेसम्म मात्र धारोमा पानी आउने गरेको स्थानीय जित बहदुर बिकले बताउनु भयो ।
निश्चित समयमा मात्र पानी आउने हुँदा धारोमा पानी भर्नकै लागि लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको बिकको भनाइ रहेको छ । पानी अभावकै कारण गाउँमा तरकारी, फलफुल लगायतका खेती गर्न नसक्ने अवस्था रहेको छ ।
दुई वटै गाउँहरूमा प्रदेश सरकारबाट खाने पानीको योजना परेको तर कामको प्रकिृया अगाडी बढ्न नसकेको सुनछहरी गाउँपालिका– ४ का वडा अध्यक्ष हर्कराम बुढाले बताउनु भयो ।
तिलक घर्ती मगर
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…