खानेपानी अभावले सयौं घरधुरी बसाइँ सरे
खानेपानी उभावले जिल्लाको तीन गाविसका सयौँ बासिन्दा थातथलो छाडेर धमाधम बसाइँ र्सन थालेका छन् । यसै वर्षमात्र जिल्लाका सुख्खाग्रस्त क्षेत्र रानीगाउँ, यासोक र स्वाबरुम्बा गाविसका १ सय २७ घरधुरी बसाइँ सरेका हुन् ।
खानेपानी समस्याले यासोक गाविसवाट यो वर्ष४६ घरधुरी बसाइँ सरी अन्त्रय गएका गाविस सचिव टुका बरालले बताइन् । स्यावरुम्बावाट ३७ घरधुरी बसाइँ सरेका गाविस सचिव निशा कोइरालाले बताइन् ।
यसैगरी, रानीगाउँवाट समेत ४४ घुरधुरीले गाउँ छाडेको गाविसका पञ्जिकाधिकारी खगेन्द्र सम्बाहाम्फेले बताए । यसरी थातथलो छाडी तर्राईका झापा, मोरङ र सुनसरी जिल्लामा बसाइँ सर्ने गरेको गाविस सचिव तथा पञ्जिकाधिकारीहरू बताउँछन् ।
खानेपानी अभावले चौतर्फी समस्या हुने भएकाले बसाइँसराइ बढ्दो क्रममा रहेको यासोक गाविसकी सचिव बरालले बताइन् । 'पानीको अभावले खानपानसँगै शिक्षा स्वास्थ्यसहित सबै क्षेत्रमा असर पर्ने रहेछ' उनले भनिन्-'यसले गर्दा अघिल्लो वर्षन्दा यो वर्षबसाइँ र्सर्नेको सङ्ख्या बढ्ने देखिन्छ ।' विद्यालय जानु पर्ने उमेरका बालबालिका घण्टौँ हिडेर खोलाको पानी बोकेर ल्याई खानु पर्ने बाध्यता रहेको उनले बताइन् ।
खानेपानी अभावले जीवन यापन कठिनाइ भएसँगै स्थानीय बसाइँ सर्न बाध्य भएको यासोक गाविस-९ का टङ्क पौडेलले बताए । 'पानीको समस्याले उत्पादन त नहुने नै भयो । पशुपालनमा समेत समस्या छ । यस्तो ठाउँमा कसरी बस्न सकिन्छ ?'-उनले प्रश्न गरे । खोलाबाट ट्याङकरले बोकेर ल्याएको पानी किनेर खानु पर्ने बाध्यता रहेको रानीगाउँ-७ स्थित सिद्धदेवी माविका प्रधानाध्यापक नरेन्द्र सम्बाहाम्फेले बताए ।
सो क्षेत्रका बासिन्दाको समस्यालाई मनन् गरी तमोर लिफ्ट खानेपानीको आयोजना सञ्चालन भइरहेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । जतिसक्दो चाँडो योजना सम्पन्न गरी बसाइँसराइ रोक्न पहल गरिने सो क्षेत्रका सांसद भिष्मराज आङदेम्बेले बताए ।
मङ्गल बेघा
सम्बन्धित समाचारहरू
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…
जातीय विभेद घटनाका आरोपितद्वय गिरफ्तार
मेचीनगर नगरपालिका-१० की ३६ वर्षीया रञ्जु विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । जातीय विभेद गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१० की ४७ वर्षीया मैयाँ दाहाल…