खानेपानीको समस्याले खलंगाबासी मर्कामा
जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट खलंगा बजार र आसापासका टोलहरुमा खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीयाममा पानीका मुहान सुक्नुका साथै मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाबाट वितरित खानेपानीको पाइपलाइनमा अवरोध भएपछि खलंगा बजार, सल्ले, चन्दननाथ टोल र सालघारी टोलमा दुई सातादेखि खानेपानी आपूर्तिमा समस्या भएको हो ।
मुसिकोट नगरपालिका–१ खलंगाका गोकर्ण खड्काले खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्तिमा वेवास्ता गरेको बताउनु भयो । खानेपानी नहुँदा घरमा बस्ने विद्यार्थी, कर्मचारी र व्यापारीहरु समेतलाई टटेला र शहिदमैदानका मुहानसम्म पानी लिन पुग्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।
खानेपानीकै अभावले जिल्ला कारागारका कैदीबन्दीहरु पनि मर्कामा परेका छन् । उनीहरुलाई पिउने पानी, शौचालय प्रयोग र सरसफाईका लागि समस्या भएपछि छिमेकीका घरबाट सहयोग मागेर समस्या टार्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बुडुवालले जानकारी दिनुभयो । कागागारमा खानेपानी उपभोक्ता समितिको पानीमा समस्या आउने भएपछि सिधै मुहानबाट समेत खानेपानी लाईन लिएकोमा सो पानी समेत मुहान सुक्न थालेपछि थप समस्या भएको उहाँले बताउनु भयो ।
त्यस्तैगरी जिल्ला अस्पताल सल्लेमा पनि खानेपानी समस्याले अस्पताल व्यवस्थापनमा समस्या भएको अस्पतालका डाक्टर भिमकान्त लामिछानेले जानकारी दिनुभयो । दैनिक अस्पताल आउने विरामीका साथै कर्मचारीहरुलाई समेत शौचालय प्रयोग र पिउने पानीमा समस्या भएको उहाँले जानकारी दिनु भयो ।
गर्मीयाम बढेसंगै मुहान पनि सुक्ने र जिल्ला हुलाक नजिकैको पाईपलाईनमा समस्या आएपछि खानेपानी आपूर्तिमा समस्या भएको मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाका महासचिव महेन्द्र गौतमले जानकारी दिनुभयो । हुलाक कार्यालय नजिकै घर निर्माण गर्ने व्यक्तिहरुले माटो फालेपछि पाईपलाइन बिग्रिएको र बनाउने प्रयास भइरहेको उहाँले बताउनु भयो । अन्य क्षेत्रमा पनि सडक र भवन निर्माण गर्नेहरुले जथाभावी माटो र निर्माण सामाग्री राख्दा बेलाबेला समस्या हुने गरेको गौतमको भनाइ छ ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…