खानेपानीको ट्याङ्की पर्याप्त नहुँदा कारागारमा पानीको समस्या
पानी सङ्कलन गर्ने ट्याङ्की पर्याप्त नहुँदा जिल्ला कारागार स्याङ्जामा खानेपानीको समस्या भएको छ । ५० जना क्षमताको कारागारमा अहिले सात महिलासहित १ सय २४ कैदीबन्दी रहेका भएपनि पानी सङ्कलन गर्ने भाँडा नहुँदा खानेपानीको समस्या भएको हो ।
ट्याङ्की पर्याप्त नभएपछि सङ्कलन गरिएको पानी पर्याप्त नहुने गरेको निमित्त कारागार प्रमुख बुद्धिप्रसाद शर्माले बताए । उनले भने-'पानी धारामा आउँदा भएका ट्याङकीमा पानी भर्ने गरिन्छ तर त्यसले पुग्दैन ।' शर्माले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएकाले पानीको पनि खपत बढी हुने भएको तर खानेपानीको ट्याङ्कीका लागि कतैबाट सहयोग नपाएको गुनासो गरे ।
विगत सात वर्षदेखि जीवन बिताउँदै आएका कृष्णखर शर्माले आफूहरूले पानीको समस्या धेरै भोग्नु परेको बताए । शर्माले कारागार भित्र पुस्तकालय भए पनि आवश्यक पुस्तक नभएको भन्दै साँघुरो ठाउँको बसाई र कोठा भित्र दाउराले खाना पकाउँदा जम्मा हुने धुवाँका कारण समस्या हुने गरेको बताए ।
जिल्ला कारागारमा विगत नौ वर्षदेखि बन्दी जीवन बिताएकी टुकमाया गुरुङ पानी प्रयोग गर्ने सम्बन्धमा कहिलेकहीँ कैदी बन्दीबीच मनमुटाव हुने गरेको बताउँछिन् ।
कारागारको समस्याको बारेमा पुतलीबजार नगरपालिकाकी मेयर सिमा क्षेत्रीलाई जानकारी गराउँदा कारागारमा रहेको खानेपानीको समस्या समाधानको लागि आफूले चाँडै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
हिमलाल पराजुली
सम्बन्धित समाचारहरू
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार…
मानव अधिकार उल्लङ्घनका तथ्याङ्कलाई विश्लेषणात्मक बनाउनुपर्नेमा जोडः अध्यक्ष डा. अर्याल
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको तथ्याङ्कलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नुपर्नेमा आवश्यकता रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ । इन्सेकद्वारा ०८१ चैत ८ गते चितवनमा आयोजित नेपाल…