खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती, रित्तो भाडाकुडा लिएर स्थानीय बिरोधमा
वर्षौँदेखि खानेपानीको समस्या व्यहोर्दै आएका दशरथचन्द नगरपालिका-२ देहिमाण्डौँका स्थानीयहरु खोनेपानीको व्यवस्थापनको माग राख्दै रित्तो गाग्रीसहित बिरोधमा उत्रिएका छन् ।
वषौँदेखि देहिमाण्डौँ बजार क्षेत्रमा खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरुले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षणका गर्न ०८१ वैशाख १४ गतेदेखि रितो गाग्रीसहित बिरोध गर्दै आउनुभएको छ ।
हरेक वर्ष पिउने पानीको समस्या भोग्दै आउनु परेको र समस्या समाधान गर्न प्रत्येक वर्ष सम्बन्धीत नियकाहरुलाई अनुरोध गरिदै आइएको भए पनि आवश्वासन मात्रै दिने गरिएकोले त्यसको विरोमा अन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिएको स्थानीय गोल्डेन बोहराले बताउनु भयो ।
पानीको समस्या भोग्दै आएका स्थानीयहरुले वडा कार्यालयको गेट अगाडि रित्तो गाग्री राखेर दबाब दिईरहनु भएको छ । सबै भन्दा धेरै देहिमाण्डौं बजारका स्थानीयहरुले पिउने पानीको चरम समस्या भोग्नुपरेका छ ।
बजार क्षेत्रलगायत सबै ग्रामिण क्षेत्रमा पिउने पानीको निकै समस्या रहेको छ । नगरपालिका र वडाले सबै किसिमको सेवा वापतको शुल्क लिने गरेको भए पनि सेवा भने दिन नसकेको स्थानीयहरुको आरोप छ ।
गाउँ क्षेत्रमा पानीको समस्या उत्पन्न भएको वर्षौ बितिसकेको भए पनि खानेपानीको उचित मुहान नहँुदा समस्या समाधान गर्न नसकिएको दशरथचन्द नगरपालिका वडा नम्बर २ का अध्यक्ष सुर्य बोहराले बताउनु भयो ।
स्थानीयहरु एक गाग्री पिउने पानीका लागि खोला–खोल्सा धाउन बाध्य छन् । लामो खडेरीका कारण पानीका मुहान समेत सुक्न थालेपछि यस क्षेत्रका स्थानीयहरु झनै समस्यामा परेका छन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…