खानेपानीको अभाव भएपछि स्थानीयलाई सास्ती

  ०८१ मङ्सिर २८ गते

आदर्श गाउँपालिका–६ खतेडा, सिल्ल, काडा र टोट्बिला गाउँका स्थानीय वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानी अभावका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको छ ।

आदर्श गाउँपालिकामा झण्डै ७ हजार जनसङ्ख्या रहेकोमा ६ हजार जनसङ्ख्याले खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।

वर्षौदेखि खानेपानीको समस्या झेल्दै आए पनि स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान नगएको खतेडाका स्थानीय तेज रैकालले गुनासो गर्नु भयो ।

घण्टौँ हिडेर खानेपानीको जोहो गर्न बिहानै अध्यारोमा जानु पर्ने भएका कारण जङ्गली जनावरले आक्रमण गर्ने जोखिम रहेको र कुवा र खुला मुलको पानी पिउदा पानीजन्य रोगबाट पीडित हुनुपरेको उहाँले बताउनु भयो ।

photo20241213doti1

पानी लिन जाँदा धेरै समय खर्चिने भएका कारण बालबालिकाहरुलाई समयमै खाना तथा सरसफाई गर्न नसक्दा बालबालिकाहरु विद्यालय पठाउन र पानीको अभावले लुगा धुन, तरकारी खेती गर्न र सरसफाईमा समेत समस्या हुनेगरेको स्थानीय गौरी रैकालले गुनासो गुर्न भयो ।

स्थानीयहरुको खानेपानीमा पहुँच पुगाउनका लागि गाउँपालिकाले प्रयास गर्दै आएको भए पनि गाउँपालिकाको बजेटले मात्रै खानेपानीको समस्या समाधान गर्न नसकिने भएकोले बजेट व्यवस्थापनका लागि प्रदेश र संघीय सरकार समक्ष पहल गरिएको आदर्श गाउँपालिक वडा नम्बर ६ का अध्यक्ष लाल खडायतले बताउनु भयो ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको भएता पनी गिरिचौकका स्थानीयहरूले  वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।


सुबास नेपाली