खानेपानीको अभाव भएपछि दुई घण्टा पैदल हिडेर पानी ल्याउनु पर्ने बाध्यता
पलता गाउँपालिकाको धौलागोह गाउँलगायतका स्थानमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको अभाव भएपछि धौलागोह गाउँका स्थानीयबासी दुई घण्टा पैदल हिँडेर पानी भर्न जाने गरेको स्थानीयबासी सुमन बमले गुनासो गरे ।
खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरबाहीका कारण ग्रामीण क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीयबासी बमले आरोप लगाए ।
जिल्लामा खानेपानी प्रमुख समस्याका रूपमा रहेको नरहरीनाथ गाउँपालिका-४ का धनबहादुर बिष्टले बताए । 'जिल्लामा एक दर्जन भन्दा धेरै गैरसरकारी संस्था र सरकारी कार्यालय भएपनि नरहरीनाथ गाउँपालिका र पलाता गाउँपालिकामा खानेपानीको ठूलो समस्या रहेको छ ।'-उनले भने-'गाउँमा पिउने पानी छैन । स्वास्थ्य संस्थामा उस्तै हालत छ ।'
नरहरीनाथ गाउँपालिकोको कोटबाडा स्वास्थ्य चौकीमा बिग्रिएको धारा छ । बिरामी र स्वास्थ्यकर्मीलाई पानी चाहियो भने गाउँमा गएर ल्याउनु पर्ने अवस्था रहेको बिष्टले बताए । 'सरसफाइको कुराभन्दा पनि पिउने पानी नै घरबाट बोकेर ल्याउनु पर्ने बाध्यता रहेको छ ।'-उनले भने ।
सान्नी त्रिवेणी गाउँपालिकाको रकुमा रित्ता धारा छन् । पानीको निकै अभाव छ । साविकको रकु गाविस-३ र ४ वडाका ८० घरधुरीका स्थानीयवासीले खानेपानीको अभाव झेल्नु परेको छ । दलित समुदाय भएको यो गाउँमा पानीको हाहाकार भएको स्थानीय शिक्षक लालबहादुर गिरीले बताए 'गाउँमा पिउने पानीको चरम अभाव छ ।'-उनले भने-'विद्यालयमा बालबालिकाले पिउने पानी पाएका छैनन् ।'
पलाता गाउँपालिकाको धौलागोह र खिन गाउँमा पनि पानीको निकै अभाव छ । वनजङ्गल नभएको सुख्खा क्षेत्र भएकाले पानीको अभाव हुने गरेको हो । विगत लामो समयदेखि यहाँका स्थानीयले पानीको अभाव झेल्दै आएको स्थानीय समाजसेवी सुमन बमले बताए । 'पलाता गाउँपालिकामा पानीको सधैँ अभाव हुने गरेको छ ।'-उनले भने-'पानीका लागि रातभर हिँडेर कर्णाली नदीको पानी लिन जानुपर्ने अवस्था छ ।'
जिल्लाको खानेपानीको अवस्थालाई सहज गरी ग्रामीण क्षेत्रमा पहुँच पुर्याउन आफू प्रतिबद्ध रहेको खानेपानी सरसफाई तथा सव डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद पौडेलले बताए । 'पानी अभाव नहुने गरी योजना बन्दै छ । हाल सबै ठाउँमा पानीको अभाव भएको छैन । केही गाउँमा मात्र पानीको समस्या देखिएको हो ।'-उनले भने ।
गाउँभन्दा पनि सदरमुकाममा पानीको समस्या बढी देखिएको मान्मका स्थानीयबासीले बताए । कालिकोटमा ८० प्रतिशत खानेपानीको पुहँच पुगेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले तथ्याङ्कमा देखाएको छ । जिल्लालाई खुला दिशामुक्त घोषणा गरिए पनि अहिलेसम्म पानीको अभावले सदरमुकामका सार्वजनिक शौचालय प्रयोगमा ल्याउन सकिएको छैन ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…