खानेपानीको अभावले स्थानीयवासी समस्यामा
भूमिकास्थान नगरपालिका– ७ कमलपोखरी, ओर्खेपाटा, पानडाँडा, घोराखोरी, मनवाङ र सलिनधाराका स्थानीयवासीहरू खानेपानीको अभावले गर्दा समस्यामा परेका छन् ।
उक्त क्षेत्रमा एक धाराबाट २३ घरपरिवारले पानी उपभोग गर्छन् । प्रति परिवारले दुई भाँडा पानी भर्दा पानी सुक्ने भएकाले पधेराबाट पानी लिन जान एक घण्टाको दुरीमा जानु पर्ने बाध्यता रहेको छ ।
खानेपानीका लागि प्रत्येक घरले वर्षमा तीन सय रूपियाँका दरले रकम उठाए पनि तर सधै पानीको अभाव भएको स्थानीय महिलाहरू गुनासो गर्नु हुन्छ ।
स्थानीय महिला टुकीकला घर्तीले धारामा प्रसस्त पानी नआएपछि दिउँसोको घाम, रातको समय नभनेर पंधेराको पानी लिन जानु पर्ने बाध्यता रहेको बताउनु भयो ।
नुवाकोट सिमल्दी– पानडाँडा घोराखोरी खानेपानी व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष लेकबहादुर रायमाझीले खानेपानीलाई भनेर छुट्याएको बजेट शीर्षक बदलेर नगरले खेल मैदान निर्माण गर्न लगाएको बताउनु भयो ।
भुमिकास्थान नगरपालिकाका प्रमुख झबि थापाले पानडाँडा खानेपानी व्यवस्थापनको बजेट त्यहाँको उपभोक्ता समितिले काम नगरेपछि खेल मैदानमा लगाएको बताउनु भयो । खानेपानीको अवस्था अध्ययन अनुगमन गरेर छिट्टै समाधान गर्न पहल गर्ने थापाले बताउनु भयो ।
कूलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…