खानेपानीको अभावमा भएको स्थानीयहरूको गुनासो
शितगंगा नगरपालिका–३ र ४ का विभिन्न टोलमा खानेपानीको अभाव भएको स्थानीयले गुनासो गरेका छन् ।
उक्त वडाका टोलहरूमा पानी संकलन र बितरणमा व्यस्थापन गर्न नसक्दा दिनमा एक घण्टा पनि सार्बजनिक धारामा पानी नआए पछि खानेपानीको अभाव भएको हो ।
शितगंगा नगरपालिकाको–३ खर्सका र दह बजार क्षेत्र, वडा नं.४ अमराई उपल्लो बजार, जैनिकोट, गोरथुम, कोप्चिबास, भेडामारा, जसराम र चाक्ला बजारमा २५ वर्ष अगाडी निर्माण भएका पाइप टुटफुट भएका कारण खानेपानी धारासम्म नपुगेको हो ।
बिहान ६ देखि ७ बजेसम्म सार्बजनिक एक धारामा ३५ घरले खानेपानी थाप्नु पर्छ तर दिनमा एक घण्टा पनि पानी आउँदैन । सबैलाई खानेपानी पुग्दैन, झै झगडा हुन्छ, चाक्ला बजार खानेपानी उपभोक्ता सरस्वती पौडेल घिमिरे बताउनु भयो ।
उपभोक्ता पुष्पा केसीले— खानेपानीका लागि थप ट्याङ्की निर्माण र धारा र पाइप निर्माण गरी मीटर जडान गरेर व्यवस्थापन गर्ने हो भने समस्या समाधान हुने बताउनु भयो ।
शितगंगा नगरपालिका –४ का वडाध्यक्ष दामोदर अधिकारीले खानेपानीको समस्या भए पनि समाजिक सञ्जालमा आए जस्तो खासै समस्या नरहेको बताउनु भयो । अधिकारीले खानेपानीको ठुलो योजनाका लागि प्रदेश र केन्द्रमा पनि प्रयास भएको बताउनु भयो ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सन्धिखर्कका प्राविधिक राम प्रसाद पोख्ररेलले— गौरीकुण्ड चाक्ला लिफ्ट खानेपानी योजना निर्माणको काम सम्पन्न भएको बताउनु भयो । उनका अनुसार व्यवस्थापन पक्षका काम बाँकी छन्, त्यो स्थानीयको जिम्मेवारी हो ।
कूलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…