खानेपानीको अभावमा कुवाको पानी प्रयोग गर्न दलित समुदाय बाध्य
अमरगढी नगरपालीका–११ लिटिरीगाउँका ४० घर दलित समुदायका व्यक्तिहरु लामो समयदेखि शुद्ध खानेपानी पाउनबाट वञ्चित भएका छन् ।
गाउँमा शुद्ध खानेपानीका लागि पटकपटक सम्बन्धीत नियकायहरुमा माग गर्दै आएको भए पनि सुनुवाइ नहुँदा कुवाको फोहोर पानी खान बाध्य भएको लिटिरीगाउँका दतिल समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ ।
दलितबस्तीमा वर्षौदेखि खानेपानीको समस्या रहेको भए पनि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले कुनै पहल नगरेका कारण लामो समयदेखि कुवाँको फोहर पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय दलित समुदायको आरोप छ ।
बस्तीमा पर्याप्त पानीको अभावका कारण ४० घरपरिवारलाई शौचालयदेखि सरसफाईमा समेत समस्या भइरहेको स्थानीय विस्ना सार्कीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘नेताहरु चुनावको समयमा भोट माग्न आउँछन् । चुनाव जितेपछि सबै विकासका पूर्वाधार ल्याइदिने बचन दिन्छन् । तर, घरघरमा धारा बनाइ दिने आश्वासन दिएर गएका नेता चुनावपछि कहिल्यै बस्तीमा फर्किदैनन् ।’
खानेपानी योजनाको विस्तृत अध्ययन नगरिकन धाराहरु जडान गर्दा धारामा पानी नै नआउने गरेको कारण आफूहरुले खानपानीको सास्ती खेप्नु परेको स्थानीय मोहन सार्कीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘गाउँमा खानेपानीका धाराहरु त छन् । धारामा पानी नआउँदा बिहानै उठेर गाँउ नजिकैको कुवाँबाट पालो कुरेर पानी ल्याएर खानु पर्ने बाध्यता छ ।’
गाउँमा विवाह, वर्तवन्ध तथा सामुहिक भोजभतेर गर्दा पानी नै नपाउने अवस्था रहेको र समस्या समाधान गर्न स्थानीय तहसँग आग्रह गरेपनि सम्बोधन हुन नसकेको स्थानीय हरदेव सार्कीले गुनासो गर्नु भयो ।
शुद्ध खोनपानीको अभावमा यस क्षेत्रका दलित समुदायको स्वास्थ्यमा पनि नराम्रो असर परिरहेको छ । स्वास्थ्यका लागि शुद्ध पानी अत्यावश्यक भए पनि आफूहरुले आवश्यकता अनुसार सामान्य पानी समेत उपभोग गर्न नपाएको सार्कीले दुखेसो पोख्नु भयो ।
खानेपानीका लागि दैनिक घण्टौँसम्म लाइन बस्नु पर्ने अवस्थाका कारण घरको अन्य काममा पनी समस्या हुने गरेको स्थानीय हरुदेवी सार्कीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘लुगा धुन र नुहाउनका लागि कुवामा जम्मा भएकै पानीमा भर पर्नु पर्ने अवस्था छ । खानेपानीका लागि दैनिक घण्टौँसम्म लाइन बस्नु पर्ने अवस्था छ ।’
अमरगढी नगरपालिकाका नगर प्रमुख दिल्लीराज जोशीले अमरगढी नगरपालिका–११ मा बसोबास गर्दै आउनु भएका दलित समुदायका व्यक्तिहरुलाई शुद्ध खानेपानीको समस्या भएको जानकारी प्राप्त भएकोले नगर कार्यपालिकाबाट बजेट विनियोजन गरी समस्या सामाधानका लागि पहल गर्ने बताउनु भयो ।
भूपेन्द्र विष्ट
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…