खाद्य सङ्कटलगायतका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
कर्णाली क्षेत्रमा हुने गरेको खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्नका लागि भूगोल र हावापानी सुहाउँदो सिञ्चाई प्रविधिको विकास र तत् सम्बन्धि कार्यक्रम र्सार्वजनिक गर्नुपर्ने मागसहित कालीकोटबासीले भदौ २९ गते प्रधानमन्त्रीलाई आठबुँदे ज्ञापन पत्र बुझाएका छन् ।
कर्णालीका नागरिकहरूकोतर्फबाट कर्णाली कृषि तथा खाद्य सरोकार समूह, सञ्चारकर्मी, अधिकारकर्मी र नागरिक समाजको टोलीले जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्कामार्फ ज्ञापनपत्र बुझाएका हुन् ।
प्रधानमन्त्रीले भदौ २४ गते संसदलाई सम्बोधन गर्दै कर्णाली अञ्चलका सबै जिल्लामा जन्मदा र मृत्यु हुँदा २० किलो चामल दिने निर्णयले कर्णालीलाई खाद्यान्न परनिर्भरतातर्फ लैजाने साथै कर्णालीबासीको अपमान गरेको भन्दै उक्त कार्यक्रम तत्काल फिर्ता लिन माग गरिएको छ । उनीहरूले कर्णाली क्षेत्रमा उत्पादन हुने स्थानीय कृषि बालीहरूमा लगानी बढाउनसमेत माग गरेका छन् ।
ज्ञापनपत्रमार्फत रैथाने खाद्य बाली तथा फलफूलहरूको प्रवर्धन र प्रशोधन साथै बजारीकरण गर्न र कर्णाली क्षेत्रमा पाइने जडिबुटी, जल, जङ्गलको संरक्षण, जडिबुटी बाली संरक्षण र उत्पादनमा बृद्धि तथा जलविद्युतमा लगानीको वातावरण बनाउनसमेत माग गरिएको छ ।
त्यसैगरी कर्णाली क्षेत्रको हावापानी भूगोल सुहाउँदो कृषि विश्वविद्यालयको स्थापना गर्नुपर्ने, कर्णाली क्षेत्र धेरैजसो ठाउँमा ग्रामीण कृषि सडक नभएकोले कृषि उत्पादन सहज रूपमा बजारीकरण गर्न समस्या देखिएकाले कृषि सडकहरूको कार्य सम्पन्न र स्तरउन्नतिका साथै आवश्यक नयाँ कृषि सडक निर्माण गर्नुपर्ने माग गरिएको छ । कर्णाली क्षेत्रका जिल्लाहरूमा जैविक मल उत्पादन गर्ने कारखानाको स्थापना गर्न माग गरिएको सरोकार समूहका क्षेत्रीय संयोजक मायाराम महतराले जानकारी दिए ।
' कर्णालीमा उत्पादन हुने स्थानीय बाली, फलफूल तथा जडिबुटीहरू र जलको उचित प्रवर्धन नगरी यस क्षेत्रका जनताहरूले परपराम्पत खेती प्रणाली र आयतित चामलमा भर परेका कारण स्थानीय बाली उत्पादनमा कमी आउन पुग्यो ।'-संयोजक महतराले भने,-'यसै कारणले खाद्यान्नमा समस्या व्यहोर्दै आएका कर्णालीबासीलाई वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले जन्मदा र मर्दा २० किलो चामल दिने भनी गरेको सम्बोधनले गहिरो चोट पुर्याएको छ ।'
सरोकार समूहले ज्ञापनपत्रसँगै चिनो कागुनो सिमी र रातो मार्सी जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारीमार्फ पठाएको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
श्रीमानको कुटाइबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु
श्रीमानको कुटपिटबाट घाइते पुतलीबजार नगरपालिका– १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा नर्भिक अस्पताल काठमाण्डौँमा ०७९ चैत ८ गते मृत्यु भएको छ । ०७९ माघ २२ गते राती श्रीमान लक्ष्मीप्रसाद…
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…