खाद्य संस्थानले सहुलियतको चामल महङ्गोमा बेचेको उपभोक्ताको आरोप
नेपाल खाद्य संस्थानले सर्वसाधरणलाई सुहलियत चामल विक्री गर्दै आएको भएपनि संस्थानको मुगु शाखामा खाद्यन्न अभाव हुन थालेपछि बाँकी रहेको खाद्यन्न महङ्गो दरमा बेच्न थालेको उपभोक्ताले आरोप लगाएका छन् ।
सर्वसाधरणका लागि सहुलियत दरमा चामल विक्री वितरण गर्दै आएको मुगु खाद्य संस्थाको गोदाममा चामल अभाव भएपछि बाँकी रहेको जापनिज चामाल महङ्गो दरमा बेच्न थालेको आरोप लागेको हो । खाद्य संस्थानमा चामल लिन गएका सर्वसाधारणले बजारको चामल किन्न बाध्य भएका छन् ।
बजारमा आफूले खोजे अनुसारको ३० केजी चामल प्रतिबोराको मूल्य १ हजार ६ सय रुपियाँदेखि २ हजार रुपियाँसम्ममा पाउन थालेपछि संस्थानले सुहलियतमा विक्री गर्ने भनेको जापनिज चामल प्रति ३० केजी भएको बोराको १ हजार ९ सय रुपियाँका दरले बजारको दर भन्दा महङ्गोमा बेच्न थालेको सेवाग्राहीले आरोप लगाएका छन् ।
खाद्य संस्थानबाट सहुलियत दरमा विक्री हुने जिरा मसिनो, मन्सुली चामल सकिएपछि बाँकी रहेको जापनिज चामल बजारको भन्दा महङ्गोमा खाद्य संस्थान केन्द्रिय कार्यालयले महङ्गो मूल्य तोकेपछि सस्तो मूल्यमा चामल पाईने आशाले खाद्य संस्थानमा पुगेका सर्वसाधारण बजार भन्दा महङ्गो मूल्य सुनेपछि रित्तै फर्कने गरेका छन ।
दिनहुँ ४०/५० भन्दा बढी सर्वसाधारण सहुलियत दरमा चामल पाईने आशाले संस्थानमा आई पुगेका भएपनि खाद्य संस्थान केन्द्रिय कार्यालयले तोकेको मूल्य सुनेपछि चामल नलिइकन फर्किन्छन ।
संस्थानको भन्दा सस्तोमा खोजे अनुसारको चामल बजारमा पाइने र अहिले खाद्य संस्थानको गोदाममा अन्य जातका चामल मौजात सुन्य रहेकाले बाँकी रहेका ४ सय २० क्वीन्टल ९० केजी जापनिज चामल विक्री हुन नसकेको खाद्य संस्थान मुगुका निमित्त कार्यालय प्रमुख कर्ण रावलले बताए ।
संस्थानको गोदाममा हाल ४ सय २० क्वीन्टल ९० केजी जापनिज चामल र ३० क्वीन्टल गहुँ मात्र मौज्दात छ । बजारमा सहजै सस्तोमा खाद्यन्न पाउन थालेपछि प्रति ३० केजीको १ हजार ९ सय रुपियाँ पर्ने खाद्यन्न गोदाममा नै थन्किएको हो ।
प्रति केजी ६५ रुपियाँ पर्ने यो खाद्यन्न महङ्गो भएको भन्दै सर्वसाधारणले खाद्य संस्थानको भन्दा बजारमा २-३ सय रुपियाँ सस्तोमा खाद्यान्न पाइएपछि आफूले बजारबाटै खाद्यान्न किन्ने गरेको छायाँनाथ रारा नपा-१० का स्थानीयवासी गोपाल मिजारले बताए ।
खाद्य संस्थानले यो वर्ष खाद्यान्न ढुवानीका लागि हालसम्म ठेक्का खोलेको छैन । हाल संस्थानको गोदाममा ४ सय २० क्वीन्टल ९० केजी मात्र खाद्यान्न मौज्दात रहेको संस्थानले जनाएको छ । दसैँ समेत नजिक आइसकेकाले तत्काल जिल्लाभरका लागि २ हजार ५ सय देखि ३ हजार क्वीन्टल खाद्यान्न आवश्यक पर्ने संस्थानका निमित्त कार्यालय प्रमुख रावलको भनाई छ ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…