खाद्यान्न समस्या समाधानका लागि नागरिक सञ्जाल गठन
पाँच महिना भई सक्दापनि जिल्लामा चामल ढुवानी नभएको र भएको चालम वितरणसमेत नभएपछि खाद्यान्नलगायत जिल्लाका समस्या समाधानका लागि असार ११ गते जिल्लास्तरीय नागरिक सञ्जाल गठन गरिएको छ ।
गणेशबहादुर महतको संयोजकत्वमा इन्सेक प्रतिनिधि नन्द सिंहलगायतका १७ जना सञ्जालमा सदस्य रहेका छन् । जिल्ला तहमा खाद्य, शिक्षा र यातायात क्षेत्रमा देखिएका समस्याको विश्लेषण र समाधानका लागि नागरिक सञ्जाल गठन गरिएको हो ।
सञ्जालले आगामी दिनमा जिल्लाका खाद्यान्नलगायतका विविध समस्याको उठान गर्दै राज्यको ध्यान केन्द्रित गरी समस्याको समाधान खोज्न सरोकारवाला निकायलाई जबाफदेही बनाउने सञ्जालका संयोजक गणेशबहादुर महतले बताए ।
नवनिर्वाचित संयोजक महतले उक्त समितिमा रहेर सबैको सहयोगमा नागरिकको जनजीविकाको सवाल उठान गर्न निश्पक्ष भएर काम गर्ने बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…