खाद्यवस्तुमा मिसावट गरी उपभोक्तालाई ठगेको कसुरमा नौ जनालाई कारबाही
घिउमा डाल्डा घिउ र सनफ्लावर तेल मिसावट गरी उपभोक्तालाई ठगी गरेको कसुरमा नौ जनालाई जनही २५ दिन कैद तथा २१/२१ हजार रुपियाँ जरिबाना गरिएको छ ।
तिहारको समयमा घोराहीको एक होटेलमा घिउमा डाल्डा घिउ र सनफ्लावर तेल मिसावट गरी उपभोक्ता ठगी गरेको आरोपमा रौतहट खेसरैराका ३६ वर्षीय गणेश साह, भारत सितामडी जिल्लाका ३० वर्षीय राजु राय, ३५ वर्षीय लालजी साह, ४५ वर्षीय पवन राय, ५० वर्षीय धनीसर सहनी, ४२ वर्षीय ललन साह, ४२ वर्षीय सुरेश साह, ३६ वर्षीय गणेश साह र ४५ वर्षीय भिखारी रायलाई जिल्ला प्रशासन कार्यालयले २५ दिन कैद र जनही २१/२१ हजार रुपियाँ जरिबाना गरेको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताए । २५ दिन भन्दा बढी समय हिरासतमा राखिएकाले नौ जनालाई जरिबाना लिएर छोडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उनीहरूलाई कालोबजारी गरेको ठहर गर्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले मङ्सिर १ गते जरिबाना गर्ने निर्णय गरेका हुन् । गत कात्तिक ५ गते १ लाख ५८ हजार ७ सय ५ रुपियाँ नेपाली र ६ हजार ४ सय १० रुपियाँ भारतीय रुपियाँसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।
यसैबिच मङ्सिर १ गते नै डाल्डा घिउ मिसावट गरिएको १५ लिटरका १५ थान, एक किलोका तीन सय ४० थान घिउका बट्टा, ५० थान खाली ग्यालिन जलाएर नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, घोराही नगरपालिकाका प्रतिनिधि र पत्रकारहरूको रोहवरमा उक्त सामाग्रीहरू नष्ट गरिएको हो ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशको निर्वाचन परिणाम
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशको १ गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा १ गाउँपालिका अध्यक्ष र ६ जना वडाध्यक्ष पदको परिणाम घोषणा भएको छ ।…
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…