खाँदबारी कारागारमा एक कैदीको मृत्यु

  ०७९ असार २ गते

जिल्ला कारागार खाँदबारीमा पाँचखपन नगरपालिका–२ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको असार २ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

असार १ गते साँझ खाना खाएर सकुशल सुतेका तामाङ राति अचानक बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारका क्रममा असार २ गते बिहान ५ बजे मृत्यु भएको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

तामाङ बलात्कार कसुरमा जिल्ला अदालतबाट ०७८ भदौ १७ गते ३ वर्ष ६ महिना कैद सजाय र १ लाख रुपियाँ जरिबाना फैसला भएपछि भदौ १७ गते कैद भुक्तानका लागि कारागार चलान भएका थिए ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असार २ गते गरिएको छ ।

पीडित पक्षले सोही दिन शव बुझी पाँचखपन नगरपालिका–२ स्थित भदौरे घाटमा सद्गत गरेको स्थानीय उत्तम दाहालले बताउनु भएको छ ।


भविन कार्की