खाँडादेवी गाउँपालिका–१ राकाथुममा स्थगित भएको निर्वाचन जेठ २ गते हुने
खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा ०७९ वैशाख ३० गते स्थगित भएको निर्वाचन ०७९ जेठ २ गते हुने भएको छ ।
निर्वाचन आयोगले वैशाख ३१ गते सो स्थानमा जेठ २ गते पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।
वैशाख ३० गते बिहान मतदानका क्रममा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएपछि सो स्थानको मतदान रोकिएको थियो ।
नेपाली कांग्रेस र माआवादी कार्यकर्ताबी भएको झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाई फायर समेत गरेको थियो ।
त्यसपछि दिनभर सहमति जुटाउने प्रयास सफल हुन नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव स्थगित गर्ने निर्णय गरेको थियो ।
राकाथुम मतदान केन्द्रमा २ हजार ८ सय ९५ मतदाता रहका छन् । मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जेठ २ गते राकाथुममा पुनः मतदान हुने जानकारी दिनुभयो ।
सो स्थानमा मतदान भएपछि मात्र खाँडादेवी गाउँपालिकामा मतगणना सुरु गरिने पनि उहाँले बताउनुभयो ।
दुई ओटा नगरपालिका र ६ ओटा गाउँपालिका भएको जिल्लाका अन्य मतदान केन्द्रमा भने वैशाख ३० गते नै मतदान सकिएका छ । सात ओटा पालिकामा बैशाख ३१ गतेबाट मतगणना सुरु गरिएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका–१३, कोशीदेखामा ३ गते पुन: निर्वाचन हुने
काभ्रेबाट इन्सेक प्रतिनिधि हिरामान तामाङका अनुसार पाँचखाल नगरपालिका–१३, कोशीदेखा स्थित श्रीराम मावि मतदानस्थलको स्थगित निर्वाचन जेठ ३ गते पुन: निर्वाचन हुने भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा श्रीराम मतदान केन्द्रमा विवाद भएपछि स्थगित गर्ने निर्णय भएको थियो ।
यस मतदानस्थलका दुई ओटा मतदान केन्द्रमा १७ सय ७८ मतदाता थिए । निर्वाचनमा खटिएका कर्मचारीले एमालेका एक स्थानीय नेतालाई एकैपटक १० वटा मतपत्र दिन लागेको भन्दै कांग्रेसका कार्यकर्ताले सो मतपत्र नियन्त्रणमा लिएपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो । मतदानको लागि प्रयोग भएका टेबल, कुर्सी तोडफोड भएको थियो । करिब ३ सय मत खसेपछि विवादहुँदा निर्वाचन प्रकृया नै अवरोध भएको थियो ।
नबराज पथिक
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…