खरका छाना हटाउने निर्णय कार्यान्वयनका लागि नगरपालिकाद्वारा जस्तापाता वितरण

  ०७७ असोज १८ गते

photosindhuli220201004कमलामाई नगरपालिकाले खरका छाना विस्तापित गर्ने योजना कार्यान्वयनका लागि जस्तापाता वितरण अभियान सुरु गरेको छ ।
जसका कारण कमलामाई नगरपालिकाका १४ वटै वडामा यो आर्थिक वर्षमा घर परालका छाना हट्ने भएका छन् ।

नगरपालिकाले वडा/वडाबाट खरका छाना भएका घरहरूको तथ्याङ्क सङ्कलन गरी जस्तापाता अनुदानमा उपलब्ध गराउन थालेको हो ।
नगरपालिकाले उपलब्ध गराएको जस्तापाता ७, ९ र १२ वडाका ६३ परिवारले बुझिसकेका छन् ।

नगरपालिकाले २ सय ३७ परिवारलाई जस्तापाता वितरण गर्ने लक्षसहित ९३ लाखमा जस्तापाता खरिद गरिसकेको छ । जस्तापाता बुझिसकेका नगरवासीले जस्ता पाएको १५ दिन भित्र आफ्नो घर जस्ताले छाइसक्नुपर्ने नगरपालिकाको सर्त रहेको योजना शाखा प्रमुख इन्जिनियर विनोदवाबु खकुphotosindhuli120201004रालले बताउनु भयो ।

उहाँले छुट भएका कुनै घर पाइएमा उहाँहरूको लगत सङ्कलन गरी जस्तापाता वितरण गरिने बताउनु भयो । नगरपालिकाभित्रका नागरिकलाई सुरक्षित आवासको प्रत्याभूति दिलाउन र आगलागी जस्ता समस्या कम गर्न यो अभियान चालिएको नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाका प्रमुख मेयर खड्ग खत्रीले यो आर्थिक वर्षमा खर र परालका छाना नगरपालिकाबाट हट्ने बताउनु भयो ।


बिमला पाण्डे