क्षयरोगबाट ६ महिनामा सात जनाको मृत्यु, १ सय ५७ जना बिरामी
क्षयरोगको कारणबाट तनहुँ जिल्लामा ०८० साउन महिनादेखि पुष महिनासम्म ६ महिनाको अवधिमा सात जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा व्यास नगरपालिकामा तीन जना, भानु नगरपालिकामा एक जना, बन्दीपुर गाउँपालिकामा एक जना, देवघाट गाउँपालिकामा एक जना र भिमाद नगरपालिकामा एक जना रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
क्षयरोगको संक्रमित मध्ये पनि व्यास नगरपालिकामा सबैभन्दा धेरै ५६ जना रहेका छन् । त्यसपछि क्रमशः भानु नगरपालिकामा २० जना, शुक्लागण्डकी नगरपालिकामा २० जना, भिमाद नगरपालिकामा १३ जना, देवघाट गाउँपालिकामा १३ जना, आँबुखैरेनी गाउँपालिकामा १२ जना, घिरिङ गाउँपालिकामा सात जना, बन्दीपुर गाउँपालिकामा सात जना, म्याग्दे गाउँपालिकामा ६ जना र रिसिङ गाउँपालिकामा तीन जना गरी जम्मा तनहुँ जिल्लामा १ सय ५७ जना बिरामी रहेको स्वास्थ्य कार्यालयका क्षयरोग सम्बन्धि फोकल पर्सन सुदिप कडेंलले जानकारी दिनुभयो ।
क्षयरोगको नियन्त्रणको लागि जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क औषधीको कार्यक्रम सञ्चालन भइरहेको कडेंलले बताउनु भयो । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण भएको कंडेलले बताउनु भयो ।
क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्छ । दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ । क्षयरोग लागेको व्यक्तिले नियमित औषधी सेवन गरेमा यसबाट बच्न सकिने कडेंलले बताउनु भयो ।
क्षयरोगको निदान औषधीबाटै हुने यसमा बिरामीले लामो समयसम्म औषधी खानुपर्ने हुन्छ र यसको औषधी देशभरका स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने कडेंलले बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…
थाइरोड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा
सिरहा जिल्लाको एक मात्र सरकारी अस्पताल लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक…
अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट
पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते…