क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
जिल्ला कारागार इलाममा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सरसफाई, खानेपानी तथा स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
१ सय जना पुरुष र २५ जना महिला गरी १ सय २५ जनाको क्षमता रहेको कारागारमा हाल २ सय ६८ जना कैदी बन्दी रहेका छन् । जसमध्ये २ सय ४० जना पुरुष, २४ जना महिला र आश्रति बालबालिका चार जना रहेका छन् ।
क्षमता भन्दा बढी कैदीबन्दी हुँदा शौचालय प्रयोग गर्न र सरसफाईमा निकै समस्या रहेको कारागार प्रमुख सिर्जना लुईंटेलले बताइन् । सुधार गृहका रूपमा इलामको कारागारलाई विकास गरिए पनि क्षमता अनुसार कैदीबन्दी नहुँदा व्यवस्थापनमा समस्या परेको कारागार प्रमुख लुइँटेलको भनाइ छ ।
कारागारमै कैदीबन्दीको उपचार गर्दै आएका हेल्थ असिष्टेण्ट पङ्कज पोख्रेलले क्षमता भन्दा बढी कैदीबन्दी हुँदा स्वास्थ्य उपचारमा पनि कठिनाइ रहेको जानकारी दिए । कारागार भित्र उपचार गर्न कठिन भएका जटिल बिरामीहरूलाई जिल्ला अस्पताल भन्दा बाहिर लैजान यातायातको समस्या रहेको छ ।
कैदीबन्दीहरूमा उच्च रक्तचाप र मानसिक रोगका बिरामी धेरै रहेको हेल्थ असिस्टेन्ट पोख्रेलले जानकारी दिए । यस्ता बिरामीलाई थप उपचारमा बाहिर लानुपर्ने हुँदा एम्बुलेन्स भनेको समयमा नपाइने भएकाले समस्या हुने गरेको पोख्रेलले बताए ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाका आरोपितलाई १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…